

उल्टो पैदलयात्री ऋषि परियार आज कपिलवस्तु आउँदै



कपिलवस्तु । पुर्वको मेची देखि पश्चिमको महाकाली सम्म उल्टो पैदल यात्रा तय गरेका ऋषि परियार मंगलबार आज कपिलवस्तु प्रवेश गर्दै छन् । उनी सोमबार साँझ सम्म रुपन्देहीको सैनामैना नगरपालकासम्मको यात्रा तय गर्दै मंगलबार बिहान कपिलवस्तु आउन लागेका हुन ।
उनी गत माघ १५ गते मेची देखि उल्टो पैदल यात्रामा निस्किएका थिए । उल्टो हिडेर नयाँ रेकर्ड कायम गर्न लागेका परियालाई यात्राका क्रममा विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले ठाउँठाउँमा उनको हौसला बढाइरहेका छन भने सम्मान पनि व्यक्त गरेका छन् ।
विशेष गरी उनको उल्टो पैदल यात्राका तस्बिर र भिडियोहरु अहिले सामाजिक सञ्जालमा प्रयाप्त भेटिने गरेका छन् ।
उनी आज कपिलवस्तुको यात्रा तय गर्न लागे सँगै उनको स्वागतका लागि विभिन्न संघ संस्थाहरुले तयारी पनि गरेका छन् ।
पूर्वको मेचीपुलबाट यात्रा सुरु गरेका परियार यात्राको ३९औँ दिन कपिलवस्तु आइपुग्ने भएका हुन । सोमबार रुपन्देहीको सैनामैना स्थित सालझण्डीमा बास बसेका उनी मंगलबार बिहान ८ बजे देखि आफ्ना यात्रालाई पुनः सुरु गर्ने बताइएको छ ।
दैनिक १५/२० किलोमिटर यात्रा गर्न सकिरहेको बताउने परियारले यात्राको क्रममा स्थानीयवासी, सुरक्षाकर्मी र विभिन्न संघसंस्थाले गरेको सम्मान आफूले कहिल्यै नविर्सने बताएका छन् ।
‘मैले यात्रा सुरु गरेको ठाउँदेखि नै स्थानीयवासी, सुरक्षाकर्मी र विभिन्न संघसंस्थाले सहयोग गर्नुभएको छ, यात्राको सुरुका दिनहरुमा उल्टो हिड्न केही कठिनाई भएको भएपनि अहिले सहज महसुस भएको छ ।’ उनले भने, ‘उल्टो हिड्ने पनि एउटा कला हो, मैले यही कला देखाएर नेपालको नाम विश्वमा चिनाउन चाहेको हुँ ।’
उनलाई उल्टो हिडिरहेको देखेपछि बाटोमा भेटिएकाहरुले उनीसँग फोटो खिचाउने गरेको उल्टो पैदलयात्री परियारले बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया