

नेपाल ज्योतिष परिषद् कपिलवस्तुद्धारा २०७९ सालको भित्ते पात्रो विमोचन


कपिलवस्तु । नेपाल ज्योतिष परिषद् कपिलवस्तुले आगामी वर्षको भित्तेपात्रो आइतबार विमोचन गरेको छ । वि.सं. २०७९ सालको भित्तेपात्रो एक कार्यक्रमका बीच कपिलवस्तुको जितपुरमा विमोचन गरिएको नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कपिलवस्तुका सचिव आचार्य प्रकाश पैडेलले जानकारी दिनुभयो ।
जितपुर स्थित सिद्धार्थ सामाजिक संथाको सभाहलमा परिषद्का अध्यक्ष दामोदर पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेले भित्तेपात्रो विमोचन गर्नुभएको सचिव पौडेलले जानकारी दिनुभएको छ ।
कार्यक्रममा सुन्दर भण्डारी, खिमानन्द पौडेल, धनेश्वर पौडेल सहित नेपाल ज्येष्ठ नगारिक संघका केन्द्रीय सदस्य लगाएतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
वि.सं. २०७९ को भित्तेपात्रो नेपालमै पहिलोपटक विमोचन भएको परिषद्ले उल्लेख गरेको छ । विमोचन गरिएको भित्ते पात्रोमा गते र बार सँग तिथी नक्षत्रको भोग समय अर्थात बजे (समय) समेत उल्लेख गरिएको छ । यस्तै आम मानवीय जीवनमा आवश्यक पर्ने ज्योतिषीय जानकारी समेत पात्रोमा उल्लेख गरिएको कार्यक्रमका संयाजक समेत रहनुभएका जिल्ला सचिव पौडेलले बताउनुभयो । यो पात्रोले सर्वसाधारणहरुलाई तिथी मिति आदिको जानकारीमा विशेष सहयोग पुग्ने उहाँको विश्वास छ ।


खबर सबै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो







प्रतिक्रिया