

नेपाल ज्योतिष परिषद् कपिलवस्तुद्धारा २०७९ सालको भित्ते पात्रो विमोचन



कपिलवस्तु । नेपाल ज्योतिष परिषद् कपिलवस्तुले आगामी वर्षको भित्तेपात्रो आइतबार विमोचन गरेको छ । वि.सं. २०७९ सालको भित्तेपात्रो एक कार्यक्रमका बीच कपिलवस्तुको जितपुरमा विमोचन गरिएको नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कपिलवस्तुका सचिव आचार्य प्रकाश पैडेलले जानकारी दिनुभयो ।
जितपुर स्थित सिद्धार्थ सामाजिक संथाको सभाहलमा परिषद्का अध्यक्ष दामोदर पोख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेले भित्तेपात्रो विमोचन गर्नुभएको सचिव पौडेलले जानकारी दिनुभएको छ ।
कार्यक्रममा सुन्दर भण्डारी, खिमानन्द पौडेल, धनेश्वर पौडेल सहित नेपाल ज्येष्ठ नगारिक संघका केन्द्रीय सदस्य लगाएतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
वि.सं. २०७९ को भित्तेपात्रो नेपालमै पहिलोपटक विमोचन भएको परिषद्ले उल्लेख गरेको छ । विमोचन गरिएको भित्ते पात्रोमा गते र बार सँग तिथी नक्षत्रको भोग समय अर्थात बजे (समय) समेत उल्लेख गरिएको छ । यस्तै आम मानवीय जीवनमा आवश्यक पर्ने ज्योतिषीय जानकारी समेत पात्रोमा उल्लेख गरिएको कार्यक्रमका संयाजक समेत रहनुभएका जिल्ला सचिव पौडेलले बताउनुभयो । यो पात्रोले सर्वसाधारणहरुलाई तिथी मिति आदिको जानकारीमा विशेष सहयोग पुग्ने उहाँको विश्वास छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी








प्रतिक्रिया