

उपत्यकामा रात्रिकालीन व्यवसाय : न मापदण्ड न त अनुगमन



पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्डअनुसार चलेको छ, न त यसको अनुगमन नै हुने गरेको छ । त्यसैले यस्तो व्यवसाय सुरक्षाका दृष्टिले जोखिमपूर्ण र संवेदनशील बन्दै गएको छ ।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमन्त मल्ल रात्रिकालीन व्यवसाय जोखिमयुक्त हुने भएकाले कडा नियम र अनुगमन पनि गर्नुपर्ने बताउँछन् । उनले यसमा प्रहरीबाट अनुगमन नियमन गर्नुभन्दा पनि सम्बन्धित व्यवसायी र तीनका सङ्गठनले नै व्यवसायलाई मर्यादित राख्नेबारे सोच्नुपर्ने पनि बताए । उनले यस्ता व्यवसायलाई जथाभावी स्वीकृति नदिएर कुनै पकेट क्षेत्रमा मात्र सञ्चालन गर्न दिए सुरक्षा दिन सहज हुने पनि उल्लेख गरे ।
रात्रिकालीन व्यवसाय दर्ताको समस्या बेग्लै छ । कुनै कम्पनी रजिस्ट्रारको कार्यालयमा त कुनै घरेलु तथा साना उद्योग कार्यालयमा र केही जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छन् । रात्रिकालीन व्यवयायअन्तर्गतको नेपाल लोकदोहोरी सङ्घ नेपालका अध्यक्ष विनोद श्रेष्ठका अनुसार विभिन्न निकायमा दर्ता रहेका यी सबै व्यवसाय एकत्रित सूचीकरण नहुँदा अनुगमनलगायतका कार्यमा समस्या छ । समग्रमा सुरक्षासँग सम्बन्धित अनुगमन गर्ने कार्य जिल्ला प्रशासन कार्यालयको हो ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया