

रेलसम्बन्धी अध्यादेश निष्क्रिय, औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन



जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । अध्यादेश निष्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन भएको छ । गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुविहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ ।
कानुन (अध्यादेश) निष्क्रिय भएकाले तत्काल यात्रुसहित रेल सञ्चालन गर्न नसकिने जानकारी दिए । पुनः कानुनको व्यवस्था भएमा उद्घाटनको मिति तय गरिने उनले बताए । रेल सेवा सञ्चालन गर्न प्राविधिक हिसाबले सबै थोक ठीक रहेको बताउँदै, ‘कानुन अभावमा रेल सञ्चालन गरिएको खण्डमा घटना दुर्घटना भयो भने धेरै समस्या आउन सक्छ’ उनले भने । सङ्घीय सदनको बसेको बैठकमा ६० दिनभित्र अध्यादेश सदनमा पेस गरिसक्ने कानुनी प्रावधान रहेको छ । यस अवधिभित्र रेल अध्यादेश २०७८ पेस नभएका कारण स्वतः निष्क्रिय भएको महाप्रबन्धक झाले जानकारी दिए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया