

बुटवल र पाल्पाबाट २४ जना बन्दकर्ता पक्राउ



बुटवल ।
बुटवलमा १७ जना बन्दकर्ता पक्राउ परेका छन्। बन्द गराउँदै सडकमा उत्रिएका उनीहरुलाई बसपार्क र अस्पताललाइनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए।
पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, दर्शन गुरुङ, नेकपा मसालका नेता चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका बासुदेव पोख्रेल, लाल प्रसाद पोख्रेल, नेकपाका बुटवल नगर सेक्रेटरी वीरेन्द्र वि क, नेताहरु खोमा तरामु, अखिल ९क्रान्तिकारी० का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष इन्दु वली, पारस राहादी, खगेन्द्र पौडेल, सरिता बराहा, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष जानुका बराहा, माधव न्यौपाने, साया सापकोटा, अशोक सुनार, शेर बहादुर महर्जन, वसन्ती रेग्मी लगायत रहेको संयुक्त मोर्चाले जनाएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।
यस्तै, पाल्पाबाट ७ जना बन्दकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ।
सदरमुकाम तानसेनको आन्दोलन चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पक्राउ पर्नेमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, कोषाध्यक्ष टिकाराम पौडेल, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी लीला श्रेष्ठ, विप्लव समूहका जिल्ला सेक्रेटरी भुवन जिसी, सुदीप विक, वेदप्रसाद विक, लंक राना रहेको पाल्पाका प्रहरी प्रवक्ता लक्ष्मण पचभैयाले जानकारी दिए।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया