बानेश्वर क्षेत्र तनावग्रस्त : रबरका गोली प्रहार (२४ तस्बिर)

काठमाडौं

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा प्रदर्शन चर्कँदै गएपछि प्रहरीले रबरका गोली चलाएको छ ।

आइतबार नयाँ बानेश्वर, बिजुलीबजार क्षेत्रमा प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले रबरका गोली चलाएको हो । बिजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त बनेको छ ।

आज मध्याह्नदेखि प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदै आएको थियो । प्रदर्शनकारीले सडकमा टायर समेत बालेर विरोध गरेका छन् । उनीहरूले सडक डिभाइडर तोडफोड र आगजनी पनि गरेका छन् ।

प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर चोकमा समेत पुगेका थिए । प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो ।

थप तस्बिर हेर्नोस्–

यि तस्बिरहरु बाह्रखरी अनलाईनबाट साभार गरिएको हो ।

प्रतिक्रिया

खबर सबै