

८ वर्षपछि परिवर्तन भयो गुगल क्रोमको लोगो




एजेन्सी
वेब ब्राउजर गुगल क्रोमले ८ वर्षपछि आफ्नो लोगो परिवर्तन गर्दैछ। कम्पनीले सन् २०१४ देखि लोगोमा कुनै परिवर्तन गरेको थिएन।
सन् २०२२ मा भने लोगो परिवर्तन गरिने कम्पनीका डिजाइनर एल्भिन हुले शुक्रबार ट्विटरमार्फत जानकारी दिएका हुन्।
अमेरिकी प्रविधि वेबसाइट ‘द भर्ज’का अनुसार क्रोमको लोगो ‘रिडिजाइन’ गरिएको हो। डिजाइनर एल्भिनले यसैसम्बन्धी ट्विटरमा नयाँ लोगो र पुरानो लोगोबारे थ्रेड बनाएका छन्।
झट्ट हेर्दा अद्यवारण गरिएको लोगो पुरानो जस्तै देखिन्छ। तर ध्यानपूर्वक हेर्ने हो भने यसको रंगको चमक र स्याडो (छायाँ)मा परिवर्तन देख्न सकिन्छ। नयाँ लोगो आइफोन, म्याक, विन्डो र क्रोमबुकको लागि फरक-फरक देखिनेछ।
क्रोमको लोगोमा रातो, पहेंलो, हरियो र निलो रंग देख्न सकिन्छ। गोलो आकारको क्रोमको लोगोको बीच भागमा निलो रंग छ भने वरिपरि बाँकी रंगले घेरेको छ। अहिलेको लोगोमा देखिने यी रंगहरू निकै फिक्का छन्। डिजाइनर हुका अनुसार बीच भागमा देखिने निलो गोलाकार पनि ठूलो छ।
तर नयाँ लोगोमा देखिने रंग चकिलो छ। रंगहरू बढी जीवन्त देखिन्छन्। कम्पनीले नयाँ लोगोमा रंगहरूलाई खेलाएको छ। पहिले भद्दा र अप्रिय देखिने रंगलाई डिजाइनरले नयाँ ढाँचामा प्रयोग गरेका छन्, जसले गर्दा क्रोमको लोगो पहिलेको तुलनामा आकर्षक देखाएको छ।
क्रोमले विभिन्न अपरेटिङ सिस्टमको लागि भिन्न तरिकाले आफ्नो लोगो रिडिजाइन गरेको हो। कुनै अपरेटिङ सिस्टमा यसको रंग निकै चकिलो देखिन्छ भने कुनैमा अन्य एपसँग ब्यालेन्स गर्न छायाँ पारिएको छ। कुनैमा भने थ्रि-डी एफेक्ट पनि देखिन्छ।
नयाँ लोगो परिवर्तन भन्नाले क्रोमले पुरै नयाँ लोगो डिजाइन गरेको होइन। यसले पुरानो लोगोलाई रिडिजाइन गरेको हो। कम्पनीले पहिलेको लोगोमा देखिएको चार रंग र यीबीच देखिने खाली ठाउँ, यसको कन्ट्रास, संतृप्ति (सेचुरेसन) लगायतमा परिवर्तन गरेको हो।
सन् २००८ बाट सुरू भएको वेब ब्राउजर गुगल क्रोमले विभिन्न समय आफ्नो लोगोलाई थप सरल र आकर्षक बनाउँदै छ। सुरूमा यसको लोगो निकै चम्किलो र त्रि-आयामिक थियो।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया