

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको सचिवमा पौडेल सर्वसम्मत



नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको सचिवमा कुशल पौडेल सर्वसम्मत रुपमा चयन हुुनुभएको छ । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको पहिलो जिल्ला भेलाले सचिवमा युवा व्यवसायी पौडेललाई सचिव पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
पौडेलले खाद्य बस्तु उपलब्ध गराउने एम.एण्ड टी. टे«डिङ नामक व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँसंग लायन्स क्लव अफ कपिलवस्तुको संस्थापक सचिव भई जिम्मेवारी वहन गरेको अनुभव छ भने शान्ति श्रृजना युवा नेपाल बनगाईको बर्तमान सचिव समेत रहनुभएको छ ।
सचिव भएसंगै पौडेलले जिल्ला सचिव पदमा सर्वसम्मत रुपमा चयन गर्न सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै विशुद्ध नेकपा एमालेमा आवद्ध उद्योगी व्यवसायीका हक हित तथा अधिकारका लागि लड्ने बताउनुभयो । उहाँले पार्टीले अंगालेका औद्योगीक योजनाहरुलाई अंगाल्दै ठुला साना सबै व्यवसायीहरुलाई समावेश गरि उनीहरुको उत्थान र आर्थिक स्तरलाई माथि उकास्नका लागि आफ्नो अमह भुमिका रहने बताउनुभयो ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया