

गुल्मीको रिडिमा हस्तकला सामाग्रीहरु पुराउन कुमारी प्रधान लाई भ्याइ नभ्याइ



चुरामणि तिमिल्सिना
गुल्मीको रुरु क्षेत्र रिडीमा केही समय अगाडि देखि हस्त (हात) बाट बनेका सामाग्रीहरु पुराउन कुमारी प्रधान लाई भ्याइ नभ्याइ छ। गुल्मीको जुभुङमा जन्मियर भारतको दार्जीलिङ निवासी आनान्द प्रधान सित सम्बन्ध गासियकि कुमारी सित हस्त कलाका विभिन्न सिपहरु रहेको प्रष्ट भएको छ।
रिडी बजारमा करिब ५ महिना देखि सुइटर, टोपी, सजावटका सामाग्री बच्चाका खेलौनाहरु बनाई बिक्रि गर्दै आएको बताउनु भयो। हुन त यसरी नै बजारमा हस्त सामाग्रीहरु बनाउने कुनै पसलहरु पनि अहिले सम्म नभएको देखिन्छ। अहिले कुमारी धागाका टोपी सुइटर, हाइनेक, टिसट लगायत सामाग्री निर्माण गरि बजारिकरण पनि गर्दै आउनु भएको छ ।
अहिले बजारमा सानो पसल पनि सन्चालन गर्दै उहाँको भनाइ छ । यता उनको पसल बाट सामाग्री खरिद गरेका ग्रहाकहरुले भने राम्रो र गुणस्तरीय भएको देख्दा अन्य छिमेकि लाई समेत यस्ले प्रभाव पारेको गुल्मी अस्लेवा १ कि जानकी पाण्डेले बताउनु भयो।

पाण्डे ले आफू पनि यसरी पहिला टोपी मजा बुन्ने गरेको र यति फिनिसिङ गर्न नजान्दा घरमै सिमित भएको बताउनु भयो। राज्यले महिला हरुलाई सिप बिकासका तालिमहरु सन्चालन गर्दा यस्ता प्रकारका कार्यक्रममा जोड दिन सकेमा समाजका थुप्रै महिला दिदी बहिनीहरुले यस्तै सीप सिकेर आयार्जनका काममा लाग्ने गर्दा श्रीमानको कमाईमा आस्रित हुन नपर्ने बताउनु भयो ।
आगामी दिनमा स्थानिय निकायले केही सहयोग गरेमा थप उपकरणहरु खरिद गरि अझै सिलाइ बुनाइ लाई अगाडी बढाउने योजना रहेको कुमारी बताउनु हुन्छ ।
अहिले यस पसलको मुख्य आकर्षक सजाबटका रुपमा ऐना सुरुवाल बढी मात्रामा सिक्न आएका र आफुहरुले सीप सिकि घर व्यवहारमा प्रयोगमा ल्याएको तालिम मा सहभागीहरु बताउन्छन् ।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया