

गुल्मीको रिडिमा हस्तकला सामाग्रीहरु पुराउन कुमारी प्रधान लाई भ्याइ नभ्याइ



चुरामणि तिमिल्सिना
गुल्मीको रुरु क्षेत्र रिडीमा केही समय अगाडि देखि हस्त (हात) बाट बनेका सामाग्रीहरु पुराउन कुमारी प्रधान लाई भ्याइ नभ्याइ छ। गुल्मीको जुभुङमा जन्मियर भारतको दार्जीलिङ निवासी आनान्द प्रधान सित सम्बन्ध गासियकि कुमारी सित हस्त कलाका विभिन्न सिपहरु रहेको प्रष्ट भएको छ।
रिडी बजारमा करिब ५ महिना देखि सुइटर, टोपी, सजावटका सामाग्री बच्चाका खेलौनाहरु बनाई बिक्रि गर्दै आएको बताउनु भयो। हुन त यसरी नै बजारमा हस्त सामाग्रीहरु बनाउने कुनै पसलहरु पनि अहिले सम्म नभएको देखिन्छ। अहिले कुमारी धागाका टोपी सुइटर, हाइनेक, टिसट लगायत सामाग्री निर्माण गरि बजारिकरण पनि गर्दै आउनु भएको छ ।
अहिले बजारमा सानो पसल पनि सन्चालन गर्दै उहाँको भनाइ छ । यता उनको पसल बाट सामाग्री खरिद गरेका ग्रहाकहरुले भने राम्रो र गुणस्तरीय भएको देख्दा अन्य छिमेकि लाई समेत यस्ले प्रभाव पारेको गुल्मी अस्लेवा १ कि जानकी पाण्डेले बताउनु भयो।

पाण्डे ले आफू पनि यसरी पहिला टोपी मजा बुन्ने गरेको र यति फिनिसिङ गर्न नजान्दा घरमै सिमित भएको बताउनु भयो। राज्यले महिला हरुलाई सिप बिकासका तालिमहरु सन्चालन गर्दा यस्ता प्रकारका कार्यक्रममा जोड दिन सकेमा समाजका थुप्रै महिला दिदी बहिनीहरुले यस्तै सीप सिकेर आयार्जनका काममा लाग्ने गर्दा श्रीमानको कमाईमा आस्रित हुन नपर्ने बताउनु भयो ।
आगामी दिनमा स्थानिय निकायले केही सहयोग गरेमा थप उपकरणहरु खरिद गरि अझै सिलाइ बुनाइ लाई अगाडी बढाउने योजना रहेको कुमारी बताउनु हुन्छ ।
अहिले यस पसलको मुख्य आकर्षक सजाबटका रुपमा ऐना सुरुवाल बढी मात्रामा सिक्न आएका र आफुहरुले सीप सिकि घर व्यवहारमा प्रयोगमा ल्याएको तालिम मा सहभागीहरु बताउन्छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया