

१८ वर्षे इतिहासमा पहिलो पटक फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता घटे




सामाजिक सञ्जाल फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको छ ।
फेसबुकको मातृ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख रहेको थियो । त्यसअघिको त्रैमासिकमा त्यस्ता प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ९३ करोड थियो ।
फेसबुक अस्तित्वमा आएयता हरेक त्रैमासिकमा विश्वव्यापी आँकडा सधैँ उक्लिएको थियो । तर पछिल्लो केही वर्षमा युरोप र अमेरिकामा वृद्धि रोकिन पुगेको छ ।
मेटाले टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वीले विज्ञापन लैजाँदा आफ्नो आम्दानी पनि कम हुनसक्ने जनाएको छ । विवरण आएको केही घण्टापछि नै न्युयोर्कमा मेटाको शेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको थियो ।
यो गिरावटले कम्पनीको मूल्यमा झण्डै दुई सय अर्ब डलर ह्रास आएको बीबीसीले जनाएको छ ।
ट्विटर, स्न्यापच्याट र पिनट्रिस्टको मूल्य पनि खस्किएको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कम्पनीको विस्तारमा बाधा पुग्नुको कारण प्रतिस्पर्धी माध्यममा युवाहरूको आकर्षण बढ्नु भएको बताउनुभएको छ ।
गुगलपछि विश्वको दोस्रो ठूलो डिजिटल विज्ञापन प्ल्याटफर्मको स्वामित्व मेटामा रहेको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया