

बौद्धिक चोरी जाँच्ने सफ्टवेयर



शोधपत्र, अनुसन्धानका प्रस्ताव तथा स्वदेशी एवं विदेशी जर्नलमा प्रकाशनका लागि तयार गरिएका सामग्रीमा अरूका सामग्री समावेश गरिएको छ कि छैन भनेर परीक्षण गर्ने क्रम बढेको छ । त्रिभुवन विश्वविद्यालयले त्यस्ता सामग्री सम्बन्धित डिन कार्यालय तथा विभागबाट स्वीकृत हुनुअघि अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था अनिवार्य गरेपछि यस्तो चलन बढेको हो ।
अर्काको बौद्धिक सम्पति चोरी गरेर आफ्नो कृति तयार पार्ने प्रवृत्ति बढेपछि त्रिविले नेपालमै पहिलो पटक एन्टि प्लाजियारिजम चेकिङ सफ्टवेयर प्रयोगमा ल्याएको थियो । विश्वविद्यालयले सात महिनाअघि अमेरिकी कम्पनीबाट ३५ लाख रुपियाँमा यो सफ्टवेयर किनेको हो । यो सफ्टवेयर त्रिवि केन्द्रीय पु‚तकालय मातहत रहने गरी विश्वविद्यालयअन्तर्गतका अध्ययन संस्थान, डिन, अनुसन्धान केन्द्र, विभागलगायतमा कार्यालयबाट चलाउन सकिन्छ । विद्यार्थीको परीक्षा तथा अन्य शैक्षिक मूल्याङ्कन गर्ने जिम्मेवारी पाएका ती कार्यालयका प्राध्यापक तथा प्रमुखले यो सफ्टवयर चलाउन सक्छन् ।
सफ्टवेयर सञ्चालनका लागि त्रिविले छ हजार प्रयोगकर्ताको प्रयोग गर्न सक्ने गरी कम्प्युटरमा प्रवेश परिचयपत्र बनाएको छ । यस्ता व्यक्तिले आफू कार्यरत कार्यालयबाट आफूले स्वीकृत गर्नुपर्ने विद्यार्थी, शोधकर्ता तथा लेखकका सामग्री परीक्षण गर्न सक्छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया