
जापानको गाडी उत्पादक कम्पनी टोयोटाद्वारा चन्द्रमामा गाडी पठाउने तयारी शुरु

एजेन्सी
जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी थालेको समाचारसंस्था एपीले जनाएको छ ।
सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका लागि तयारी गर्न आफ्नो कम्पनीले गाडी पठाउने तयारी थालेको टोयोटाका अधिकारीले बताएका एपीको खबरमा उल्लेख छ । जापान एरो-स्पेस एक्सप्लोरेसन एजेन्सीसँग मिलेर विकास गरिरहेको गाडीको नाम लुनार क्रुजर रहेको छ । अहिले टोयोटाको ल्यान्ड क्रुजर एसयूभी विश्व प्रख्यात छ ।
बाहिरी अन्तरिक्षमा पनि गाडीमै मानिसहरुले खान, काम गर्न, सुत्न र सञ्चार गर्न सकिने अवधारणामा आधारित भएर लुनार क्रुजरको विकास गरिरहेको र सम्भवतः एक दशकमा यो तयार हुने परियोजनाको नेतृत्व गरिरहेका ताकाओ सातोलाई उदृत गर्दै एपीले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया