


चितवनमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



ई–साझाकुरा, भदौ १७
चितवनमा मंगलबार थप ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका २८ र अन्य विभिन्न जिल्लाका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा १६ पुरुष र १० महिला गरी २६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष २१ देखि ५८ वर्ष उमेर समूहका छन् भने संक्रमित महिला २२ देखि ४२ वर्ष उमेर समूहका छन् । उनीहरुको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।
यस्तै रत्ननगर नगरपालिका–१० की २७ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको छ । उनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएको हो । यस्तै क्वारेन्टिनमा रहेकी राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।


खबर सबै
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया