

खैरेनी चौर सामुदायिक वनको अध्यक्षमा पुनः महत्रा



रामबहादुर गन्धर्व,कपिलवस्तु ।
खैरेनीचौर सामुदायिक बन उपभोक्ता समूह बाणगंङ्गा नगरपालिका वडा नं.५÷६ कपिलवस्तुको १९ औं साधरणसभा तथा ७ औं अधिवेशन बुधबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ।
आयोजित कार्यक्रममा नवर्निर्वाचित कार्य समितिलाई शुभकामना दिदै पूर्ण सफलताको कामना गरेका थिए। ५ सय ७१ घरधुरी संख्या रहेको सामुदायिक बनमा ३ हजार २५१ जना उपभोक्ता रहेको बन समितिले जनाएको छ ।
सामुदायिक बनका कोषाध्यक्ष हुमनाथ भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै बनको कुल आय ब्याय १७लाख ६७हजार ८सय सार्वजनिक गरेका छन् । त्यस्तै अधिवेशनले अगामी ३बर्षका लागि पुनःमञ्जु महत्राको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा मोहन खडका ,सचिवमा राम प्रसाद भुसाल ,कोषाध्यक्षमा जिवनाथ पाण्डे ,स–सचिवमा बुध्दु थारू रहेका छन् भने सदस्यहरूमा बिमा खत्री ,माधव भट्टराई ,जुना गन्धर्व ,शान्ति चौधरी ,गिता थापा र सपना नेपाली रहेका छन् ।
कार्यक्रम वडा नं.६का सदस्य बेचु थारू,बागेश्वरी सामुदायिक बनका उपाध्यक्ष भरत कार्कीको बिशिस्ट अतिथि,टोल बिकास संस्थाका पदाधिकारी ,विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,स्थानिय समाजसेवी ,बुद्धिजीवी ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको कार्यक्रम मोहन ब.खडकाको स्वागत मन्त्ब्य सहित सचिव पीताम्बर बि.क.को सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया