सवारी दुर्घटनामा परी बाणगंगा स्थित भलवाडका भुषालकाे ज्यान गयाे

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा सवारि साधनको ठक्करबाट माेटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । आवर विज्डम बोर्डिङ स्कुलको अगाडि गयराती सवारी साधनको ठक्करबाट बाणगंगा ९ भलवाड स्थित भर्तापुरका प्रज्वल भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिपरामा रहेको काठमाडौ भेली हाेटलका संचालक समेत रहेका भुसाललाइ सवारी साधनले ठक्कर दिदा उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी होटेलबाट डेलिभरिका लागि खाजा नास्ता पुर्याउन जादा सो घटना घटेको हो । ठक्कर दिने सवारी साधन फरार रहेको छ । फरार सवारी साधनको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै