कपिलवस्तुमा आगोले जली एकको मृत्यु

कपिलवस्तु ।
कपिलवस्तुमा एक जनाको आगोले जलेर ज्यान गएको छ । यहि पुष १४ गते कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ नौडिहवा स्थित ७५ वर्षीय कलिमाया सनारको ज्यान गएको प्रहरीले जनाएको छ ।
पुष १४ गते आगोले जलेकी सुनारलाई उपचारका लािग मेडिकल कलेज भैरहवामा लगिएको थियो । उनको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । उनी आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकी थिइन् ।

प्रतिक्रिया

खबर सबै