
कोरोना जितेका वडाध्यक्षले दिए रगत

भदौ १५ बाँके ।
बाँकेमा कोरोना जितेका व्यक्तिले कोरोनाका विरामीलाई रगत दिनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १ का अध्यक्ष प्रमोद रिजालले कोरोनाका विरामीलाई रगत दिनुभएको हो ।
वडाध्यक्ष रिजाल आफै कोरोना निको भएका व्यक्ति हुनुहुनछ। बाँकेमा ७ सय ३० जनाले अहिले सम्म कोरोना जितेका छन्।
स्वास्थ्यकर्मीको भनाई अनुसार प्लाज्मा थेरापी विधिका लागि रगत दिने पहिलो व्यक्ति वडाध्यक्ष रिजाल बन्नुभएको छ । कोरोना जितेका व्यक्तिले कोरोनाका विरामीलाई रगत दिएर उपचार गर्नुलाई प्लाज्मा थेरापी विधि भन्ने गरिन्छ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले सल्यानबाट आएका कोरोनाका विरामीलाई रगत आवश्यक परेकाले वडाध्यक्ष रिजालले रगत दिएको जानकारी दिनुभयो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया