

एमाले जिल्ला अधिवेशन : कपिलवस्तुमा आधा दर्जन अनुहारबाट जिल्ला नेतृत्वको दाबी



राजेन्द्र खनाल, कपिलवस्तु ।
नेकपा (एमाले) को भोलि हुने देशव्यापी जिल्ला अधिवेशनको देशरभरका जिल्लामा अधिवेशनको अन्तिम तयारी थालिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकसाथ भर्चुअल उद्घाटन गर्ने तय भएको नेकपा एमालेले जनाएको छ ।
प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
केही हिमाली जिल्लाबाहेक अधिकांश जिल्लामा भोलि जिल्ला अधिवेशन उद्घाटन हुने छन् ।
यता कपिलवस्तुमा एमाले जिल्ला अधिवेशनको अन्तिम तयारीमा जुटेको जिल्ला अध्यक्ष झविलाल पोाख्रेलले बताउनुभयो । कपिलवस्तुमा यस पटक एमालेमा नयाँ अनुहार जिल्लाको नेतृत्वमा आउने गरी अन्तिम तयारी भइरहेको छ । हालका जिल्ला अध्यक्ष पोख्रेलले जिल्ला अध्यक्षमा आफुले दाबी नगरेपछि यस पटक एमाले कपिलवस्तुले नयाँ अनुहार पाउने छ । जसका लागि एमाले भित्रका पुराना देखि नयाँ सम्मका नेताहरुले जिल्ला अध्यक्षको दाबी गरिरहेको एमाले बृत्तमा चर्चा छ ।
यस्तै जिल्ला उपाध्यक्ष, सचिव लगाएतका पदमा पनि एमाले भित्र धेरै आकांक्षि अनुहारहरु देखिएका छन् ।
सके सम्म सहमतिमै अधिवेशन सम्पन्न गर्ने गरी तयारी गरेको एमाले भित्र पदीय जिम्मेवारीमा धेरैको आकांक्षा देखिदा भने नेताहरुलाई मिलाउन जिल्लाबाट केन्द्रमा स्थान सुरक्षित गरेका नेताहरुलाई भने सकस परेको देखिएको छ ।
आधा दर्जन अनुहार जिल्ला हाक्ने दौडमा
एमाले कपिलवस्तुको पुस २३ मा हुने नवौ जिल्ला अधिबेशनकालागि अध्यक्ष सहितका पदाधिकारीमा झण्डै आधा दर्जन अनुमार प्रष्ट खुलेका छन् । उनीहरु एमालेको आगामी कार्यकालका लागि जिल्ला हाक्ने दौडमा उभिएका हुन । अध्यक्ष बन्ने दौडमा यस अघिको अधिबेशनमा वर्तमान अध्यक्ष झविलाल पोखरेल संग चुनाव लडेर पराजित भएका डम्मर शर्मा अध्यक्षका पहिलो आकांक्षी हुनुहुन्छ । त्यसैगरी वर्तमान उपाध्यक्ष बाबुराम खनाल अध्यक्षका लागि अर्को आकांक्षी हुनुहुन्छ भने शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी अर्को आकांक्षीको रुपमा उभिनु भएको छ । यसैगरी अध्यक्ष पदका लागि खुमा आचार्य, वावुराम आचार्य र कुमारमधु बेल्वासेले पनि एमाले जिल्ला अध्यक्षमा आफ्नो उमेद्धारी रहने बताउँदै आउनुभएको छ ।
त्यस्तै एमाले कपिलवस्तुको आगामी उपाध्यक्ष पदका लागि पनि नेताहरुले आ आफ्ना तर्क सहित दाबी गरेका छन् । चक्रपाणी अर्याल ,विश्राम प्रसाद चौधरी , हिरालाल पौडेल र कृष्ण भटराई उपाध्यक्षका आकांक्षी हुनुहुन्छ । सचिव पदका लागि तीन जनाको नाम चर्चामा छ । भेषराज पाण्डे , विश्व कार्की र सिबी गहतराज सचिव पदको दौडमा होमिनुभएको छ ।
उपसचिव पदका लागि सबैभन्दा बढी १६ जनाले आकांक्षा व्यक्त गरेका छन् । जसमा ४ महिला र १२ जना पुरुष गरी कुल १६ जना रहेका छन् ।
नेताहरुबाट जिल्ला नेतृत्व सहित विभिन्न पदमा उमेद्धारी दिनेहरुको संख्या ठूलो देखिएसँगै एमाले जिल्ला अधिवेशन सर्वसहमतिमै टुङ्गाउन सकस पर्ने देखिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया