ल्याण्डफिल्ड साइटबारे सार्वजनिक सुनुवाईः स्थानीयको आपत्ति

कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकालाई सकसको योजना बनिरहेको स्थायी फो्होरमैला व्यवस्थापन स्थल अर्थात ल्याण्डफिल्ड साईड निर्धारणको बिषय दिनप्रतिदिन पेचिलो बन्दै गएको छ । निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकाल सकिनै लाग्दा समेत नगरको फोहोर व्यवस्थापनको स्थायी निकास निकाल्न जनप्रतिनिधिहिरुलाई हम्मेहम्मे परिरहेको छ ।

वाणगंगा नगरपालिकाले भलवाडको नमुना सामुदायिक बन नजिकै प्रस्ताव गरेको सेनिटरी ल्याण्डफिल साइडको विषयमा वडा नम्बर ९ मा चर्काे बिरोध छ भने अन्य वडाहरुमा स्थान निर्धाण गर्न नसकिरहेको नगरपालिकाले सोमबार भने प्रारम्भिक वातावरणीय परीक्षणबारे सरोकारवालाबीच सार्वजनिक सुनुवाई गरेको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले प्रारम्भिक वातावरणीय परिक्षण अध्ययनको क्रममा ल्याण्डफिल साइटको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा स्थानीय राजनीतिक दल तथा समाजसेवीले आमसमुदायको सहभागीतामा ल्याण्डफिल साइटबारे सुनुवाई गरिनुपर्ने माग राखेका छन् । कार्यक्रममा सहभागी स्थानीय लालबहादुर खड्का, भुवनेश्वर पौडेल लगाएतले तत्काल ल्याण्डफिल साइट जस्तो संवेदनशील विषयमा दीर्घकालिन सोच नराखी हतारमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको प्रति आपत्ती जनाएका थिए ।

सो कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य धु्रव रायमाझीले ल्याण्डफिल साइट बस्ती नजिक भएकाले समुदायलाई बातावरणीय असर नपर्ने गरी योजना बनाउनुपर्ने बताएका थिए । उनले भविष्यमा हुने यसक्षेत्रको बातावरणीय प्रदुषण प्रति सचेत हुन पनि अनुरोध गरेका छन् ।

र्यक्रममा समाजसेवी दिपक थापा, जंजीर प्रसाद थारु, माओवादी केन्द्रका नगर प्रतिनिधी प्रेम विक, नेपाली काग्रेसका नगर सभापति विष्णु थापा, नेकपा एमालेका नगर उपसचिव चेतनारायण भण्डारीले नगरको फोहोरमैला व्यवस्थापन गर्नुपर्ने आवश्यकता भएको बताएका थिए ।

वडा अध्यक्ष धु्रव वेल्वासे, नगर उपप्रमुख चक्रपाणी अर्याल, नगर प्रमुख मंगल प्रसाद थारुले नगरको गौरवको आयोजना भित्र ल्याण्डफिल साइट परेकाले नगरको फोहोरमैला व्यवस्थापन तथा वातावरणीय सरसफाईको योजना अगाडी बढाएको बताएका थिए ।

यस आयोजनाबाट स्थानीय समुदायका युवाहरुलाई रोजगारी प्रदान गरी आयआर्जनमा समेत टेवा पुग्ने वबताएका थिए । ल्याण्डफिल साइट व्यवस्थापन भएपछि फोहोरमैलाको वर्गीकरण गरी वातावरणीय असर न्यून हुने बताइएको छ । कार्यक्रमको संचालन नगरका प्रशासन अधिकृत केशवराज भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

खबर सबै