

चिसो बढेपछि कृष्णनगरका विद्यालयमा तीन दिन बिदा



कपिलवस्तु ।
केही दिन अघिको वर्षा पछि चिसो ह्वात्तै बढेसँगै कपिलवस्तु जिल्लाका स्थानीय तहहरुले विद्यालयहरुमा हिउँदे बिदा दिन थालेका छन् । शनिबार देखि कपिलवस्तुमा चिसो बढ्नका साथै दिनैभर बाक्लो हुस्सु र शितलहर समेत चलिरहेको छ । जसका कारण विशेष गरी विद्यालय उमेरका बालवालिका बढी प्रभावित भएको भन्दै जिल्लाका स्थानीय तहहरुले अन्य विदाबाट मिलाउने गरी विद्यालयमा बिदा दिएका हुन ।
जिल्लाको कृष्णनगर नगरपालिकाले केही दिन अघिबाट कपिलवस्तुमा चिसो बढेको र त्यसको प्रत्यक्ष असर विद्यालय उमेरका बालवालिकामा परेको भन्दै पुष १९ अर्थात मंगलबारबाट लागुहुने गरी पुष २१ सम्मका लागि बिद्यालयमा बिदा दिएको जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तत्काल तीन दिन बिदा दिइएको र थप जाडो बढ्दै गए बिदा थप गर्ने पनि जनाएको छ । नगर प्रमूख रजत प्रताप शाहले बढ्दो चिसोका कारण बालवालिका जोखिममा परेको भन्दै बिदाको निर्णय गरीएको जानकारी दिनुभयो ।
यस्तै कपिलवस्तुका अन्य पालिकाहरुले पनि चिसो बढ्दै जाने र केही दिन अहिलेकै जस्तो मौषमी प्रणाली कायमै रहे बिदा दिनेगरी तयारी गरेको बताएका छन् । यता बाणगंगा नगरपालिकामा भने पुष २२ देखि विद्यालय तहको दोस्रो त्रैमासिक परीक्षा संचलन हुदैँ छ ।
अन्य कतिपय पालिकामा पनि दोस्रो त्रैमासिक परीक्षा संचालनका तयारी थालिएको छ । चिसो बढ्दै जाँदा विद्यालय समयमा बालबालिकाहरु चिसोले कठ्याङ्ग्रिदैँ अध्ययन गरिरहेका छन् ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया