जसपाको समायोजनबाट अशोक यादवलाई प्रदेशको नेतृत्व

कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समिती समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितीले तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
विगत लामो समय देखि समायोजन हुन नसकेको पार्टी एक  विशेष समारोह बिच समायोजन गरिएको जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बताउनु भयो ।
समायोजना कार्यक्रम मार्फत तत्कालीन समाजवादी पार्टी नेपालबाट ८१ जना र राष्ट्रिय जनता पार्टीका ५० जना गरि कुल १ सय ५१ प्रदेश समिती गठन गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।  प्रदेश समितिमा १५ जना पदाधिकारी हुनेछन् ।
पुर्वमन्त्री तथा जसपा नेपाल लुम्बिनी प्रदेश इन्चार्ज दान बहादुर चौधरीले अङ्ग्रेजी नयाँ २०२२ को आज पहिलो दिन भएकोले नयाँ जोस जगार सहित पार्टी अघि बढ्ने बताउनु भयो ।
आज पार्टी समायोजन भएकोले संगठन विस्तार तथा पार्टीको सिद्धान्त अनुसार कार्यकर्तालाई काम गर्न प्रदेश इन्चार्ज चौधरीको भनाई रहेको थियो ।
जसपाका केन्द्रिय सदस्य पुर्व मन्त्री गोविन्द चौधरीले देश बनाउन संघीयतालाई बलियो बनाउन आग्रह गर्नु भयो । संघीयताको पक्षमा सदैव जसपा नेपाल बलियो खम्बा भएर उभिने पुर्वमन्त्री चौधरीले बताउनुभयो ।
जसपा नेपालका नेता तथा लुम्बिनी प्रदेश भौतिक पुर्वाधार विकासमन्त्री सहसराम यादवले जसपा नेपालले जनचाहना अनुसार विकास निर्माणका काम गरिरहेको बताउनु भयो ।
आदिवासी, जनजाती, मधेसी मुस्लिमको हक अधिकार सुनिश्चित गर्ने एकमात्र पार्टी जसपा नेपाल भएको केन्द्रिय सदस्य तथा प्रदेश सहइन्चार्ज कमल खनालले बताउनु भयो ।
समायोजन कार्यक्रममा बोल्दै सहइन्चार्ज खनालले अबको निकास र बिकासको पार्टी जसपा भएको बताउनु भयो ।
सो कार्यक्रममा जसपा नेपालका नारायण खनाल, पुर्व सांसद नरसिंह चौधरी,पुर्वमन्त्री मोहम्मद वकिल मुसलमान लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
नया पदाधिकारीको नामावली 
अध्यक्ष :अशोक यादव,
उपाध्यक्ष :अन्दुल रशिद खान, धनेश्वरी चौधरी, अतिउल्ला मुसलमान, मन्नु चौधरी, राज कुमार चौधरी, राज किसोर मिश्र, बदरुधुजा खान,
महासचिव :यज्ञ प्रसाद पोख्रेल,
सचिव: लक्ष्मी चौधरी, ठाकुर चौधरी, पान्नेलाल यादव, ओम प्रकाश चौधरी, हिमानी थापा,
कोषाध्यक्ष : अम्बिका काफ्ले लगायत रहनु भएको छ ।

प्रतिक्रिया

खबर सबै