राष्ट्रिय एकता कायम गर्नुपर्नेमा कांग्रेस कपिलबस्तु प्रदेशसभा १ को जोड

कपिलबस्तु ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. (क) कपिलबस्तुकोे आयोजनामा शुक्रबार एक कार्यक्रमका बीच राष्ट्रिय एकता तथा मेलमिलाप दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन १६ पुसलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको नेपाली कांग्रेसले शुक्रबार कपिलवस्तुको बाणगंगा ८ बोर्डगाउँमा एक कार्यक्रमका बीच मेलमिलाप दिवसको अवसरमा कार्यक्रम गरेको हो ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ ( क) कपिलबस्तुका सभापती दुर्गा केसीको अध्यक्षता तथा उपाध्यक्ष कृष्ण मुरारी ज्ञवालीको स्वागत रहेको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला अध्यक्ष तथा पूर्व मन्त्री कमलेश कुमार शर्माले मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्ने सोचका साथ मेलमिलाप दिवस मनाउँदै आएको बताउँनुभयो ।

उहाँले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत नेताहरु मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएको स्मरण गर्दै यो दिवस मनाउन थालिएको पनि जानकारी दिनुभयो । उहाँले बीपीले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि मेलमिलाप नीति निकै सन्दर्भिकता रहेको र यसलाई दिवासमा मात्र नभएर व्यवहारमा लागु गर्नुपर्नेमा जोड पनि दिनुभयो । नेपाली कांग्रेसको विचार स्थापित गर्न सबै कर्याकताहरुलाई उर्जावान बनाउँन सके स्थानिय, प्रदेश र केन्द्रसम्मै कांग्रेसमय बनाउन सकिने दावी पनि गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापती अब्दुल मान्नान खाँले राष्ट्रिय एकता, पार्टी एकता, सहयोग र सद्भाव कायम राख्नका लागि ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ निकै महत्वपूर्ण रहेको बताउनुभयो । आउँदो स्थानिय निर्वचमा सबै नेपालीहरुका बिचमा सहयोग र सहकार्यको भावनाका साथ व्यक्तिको जित नभएर पार्टी र राष्ट्रियताको जितका लागि एक जुट हुनुपर्ने विचार समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काग्रेस क्षेत्र नं. १(क) कपिलबस्तुका पूर्व सभापती सलिकराम चौधरी, महाधिवेशन प्रतिनिधी अशिष शर्मा, महाधिवेशन प्रतिनिधी कृष्ण न्यौपाने, महाधिवेशन प्रतिनिधी तथा महिला नेतृ विमला गैरे, महाधिवेशन प्रतिनिधी डोलक राम घिमिरे, विपि प्रतिस्ठानका कपिलबस्तु जिल्ला अध्यक्ष युवराज के.सी, वडा सभापती जगन्नाथ भण्डारी लगायतले बोल्दै मुलुकको समग्र रुपन्तरणको लागि मेलमिलाप निकै सन्र्दभिक रहेको बताउँनुभयो । उहाँहरुले संविधानको सफल कार्यान्वयन, देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माण, जनताको जीवनमा सकारात्मक परिवर्तन आजको राजनीतिको मूल कार्यभार रहेको भन्दै यसलाई पूरा गर्न राष्ट्रिय रूपमा र अन्तर पार्टी विवाद तथा मतभेदलाई अन्त्य गर्न जरूरी रहेको पनि बताउँनुभयो ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ ( क) कपिलबस्तुका सभापती दुर्गा केसीको सभापतित्व रहेको कार्यक्रममा सचिव दल बहादुर थापा इश्वरको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका वडा, नगर,क्षेत्र र जिल्लाका क्रियाशिल व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

खबर सबै