

जनसेवा निमाविका ७५ विद्यार्थीले लगाए कोरोना विरुद्धको मेर्डाना खोप



कपिलवस्तु ।
अहिले देशभरका विद्यालयहरुलाई केन्द्र बनाउँदै सरकारले बालवालिकाहरुलाई कोरोना विरुद्धको खोप कार्यक्रम संचालन गरिरहेको छ । सोही अनुसार यता कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेका सामुदायिक विद्यालयका कक्षा ६ देखि माथिका सबै विद्यालयहरुलाई खोप केन्द्र निर्धांरण गरि कोरोना विरुद्धको मेर्डाना खोप दिइएको छ ।
बिहिबार बाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयका ७५ जना बालवालिकालाई खोपको पहिलो डोज दिइएको छ । मोतिपुर स्वास्थ्य चौकीबाट खटिएका स्वास्थ्यकर्मीहरु जानका पोख्रेल र शान्ता गौतमले विद्यालयको कक्षा ५ देखि ८ सम्म अध्ययनरत १२ वर्ष देखि १७ वर्ष उमेर समुहका ७५ जना बालवालिकाहरुलाई कोरोना विरुद्धको खोप प्रदान गर्नुभएको विद्यालयले जनाएको छ ।
यसैबिच उता बाणगंगा नगरपालिका सहित कपिलवस्तुका अन्य पालिकामा पनि विद्यालय लक्षित खोप कार्यक्रम चलिरहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया