

बाणगंगाको भलवाडमा मौलायो नदीजन्य पदार्थको चोरी निकासी



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित वडा नम्बर ९ भलवाडमा पछिल्ला केही साता यता नदीजन्य पदार्थको चोरी निकासी मौलाएको छ । नदी जन्य पदार्थको ठेक्का समयमै लाग्न नसक्दा ट्याक्टर धनीहरुले रातिको समयमा वडा नम्बर ९ स्थित भलवाडको कोईली खोला र धिरी खोलाबाट नदीजन्य पदार्थ ढुङ्गाको चरम दोहन गरीरहेका हुन ।
भलवाड स्थित कोईलीचौर साना सिकान सामुदायिक वन क्षेत्रमा पर्ने कोईली खोलाबाट दैनिक दर्जन बढी ट्याक्टरले ढुङ्गा चोरी गर्छन तर नियामक निकाय भने मुकदर्शक बनिरहेका छन् ।
नदीजन्य पादार्थको चोरी तस्करी बढेसँगै कोईलीचौर साना किसान सामुदायिक वनले वडा कार्यालय सहित ईलाका प्रहरी कार्यालय पिपरा, सब डिभिजन वन कार्यालय गोरुसिँगे, शसस्त्र प्रहरीबल पिपरा, डिभिजन वन कार्यालय तौलिहवा लगाएतका निकायलाई लिखित जानकारी समेत गराएको छ । वन कार्यसमितिले बुधबार बाणगंगा नगरपालिकालाई समेत चोरी निकासी रोकथामका लागि पहल गर्न ध्यानाकर्षण गराएको छ ।
दिनहुँ नदीबाट अवैध रुपमा ढुङ्गा निकासी हुँदा समेत प्रहरीको पहुँच पुग्न नसक्नु दुखद रहेको स्थानीयको गुनासो छ । ट्याक्टर धनीहरुले खुलेआम खोलाबाट अवैध रुपमा ढुङ्गा निकासा गर्दा पनि वडा कार्यालय समेत मुकदर्शक बन्ने गरेको स्थानीयको आरोप छ ।
कपिलवस्तु नगरपालिकामा पनि उस्तै
कपिलवस्तु नगरपालिकामा वडा नम्बर ९ का वासिन्दाले नदिजन्य पदार्थ निकासीले स्थानियहरु आक्रान्त बनेको बताएका छन् । उनिहरुले आज वडा कार्यालयमा नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र नगरपालिकाको समन्वयमा संम्पन्न कार्यक्रममा बोल्दै ठेक्का बेवस्थित गर्न माग गरेका हुन् ।
नदिजन्य पदार्थ ढुवानी गर्ने ट्याक्टरहरुका कारण खेतीवाली ध्वस्त भएको र वालवच्चा समेत असुरिक्षत हुनुको साथै धुलो धुवाले उठिवास लगाएको भन्दै तत्काल यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताए । साथै नागरिकहरुले नगरको सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्ने बताएका थिए । नगरपालिकामा पशु शाखा सवैभन्दा माथिल्लो तल्लामा हुदाँ पशु को उपचार घाँसको विउ औषधीजन्य पदार्थका लागि असुविधा भएको भन्दै पाएक पर्ने स्थानमा वा सहज पहुज हुने गरि सेवा प्रवाह हुनुपर्ने माग राखेका थिए ।
कुस्माबासीले बाणगंगा र कपिलवस्तुको सिमा विवाद समाधान गर्न माग गरेका थिए । जवाफमा प्रमुख अतिथि समेत रहेका मेयर किरण सिंहले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सिमा विवाद समाधानका लागि वाणगंगा नगरपालिकाले चासो नदेखाएको बताए । कार्यवाहक प्रमुख प्रशाशकिय अधिकृत हरि प्रसाद ज्ञवालीले नगरपालिकाले कार्यसम्पादनमा विभेद नगरि सहज हुनेगरि काम गरेको बताए ।
कार्यक्रमा लेखा प्रमुख बलराम न्यौपाने , सामाजिक तथा योजना शाखाका प्रमुख पदम श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । खाँसगरि सिंह कन्टक्सनको नाममा रहेको सगरहवा देखि तिलौरीधाट सम्म को नाकामा वढी वेथिति र धुलो धुवा बढी रहेको बताएका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया