एमसीसी विरुद्ध कपिलवस्तुमा प्रदर्शन, परिमार्जन होइन खारेज हुनुपर्ने माग

कपिलवस्तु ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विरुद्ध कपिलवस्तुमा प्रदर्शन भएको छ । मंगलबार कपिलवस्तु सहित रुपन्देही,अर्घाखाँची लगाएतका जिल्लाका विभिन्न स्थानमा विभिन्न दलाहरुले विरोध तथा प्रर्दशन गरेका छन ।

यता  कपिलवस्तुको चारनम्बर चोकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा (एमसीसी) सम्झौता विरुद्ध गरेका हुन् । जिल्लाका विभिन्न ठाउँबाट सुरु गरिएको विरोध कार्यक्रम चारनम्बर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले एसीसी सरकारमा आवद्ध विभिन्न पार्टीका नेताहरुले सम्झौताका केही बुदाँहरु परिमार्जन गरि संसोेधन गरेर गर्नुपर्ने बताएमा आपत्ति जनाउनुभयो । अध्यक्ष आचार्यले एमसीसी राष्ट्रघाति सम्झौता भएको दाबी गर्दै सिधै खारेजी गर्नुपर्ने बताउनुभएको छ ।

यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला नेता घनेश्वर पोख्रेलले एमसीसी सम्झौता नेपाली जनताको हित विपरित रहेको बताउँदै देशका केही नेताको सिमीत स्वार्थ पुरा गर्नका लागी एमसीसी सम्झौता गरिएको बताउनुभयो । उहाँले सम्पूर्ण नेपाली जनतालाई एमसीसी सम्झौताको विरुद्धमा आवाज उठाउन आवहा्न समेत गर्नुभएको छ ।

सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीले एमसीसी चाहिदैनँ, देश बेच्न पाइदैनँ, दलालहरु होसियार, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले ‘नो एमसीसी’, ‘रिजेक्ट एमसीसी’, ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । एमसीसीविरुद्ध देशभर प्रदर्शन हुदैं आएको छ ।

एमसीसी सम्झौताबारे सरकारमा रहेका सत्तागठन्धनभित्रका नेताहरुबीच नै विवाद कायम रहेको छ ।

प्रतिक्रिया

खबर सबै