

सरकार भन्छ, अरुको स्वास्थ्यको पनि ख्याल गर्नुस्





भदौ १४ कपिलवस्तु , संक्रमण पुष्टि भइसकेकाहरू क्वारेन्टाइन तथा आइसोलेसनमा नबस्दा झण संक्रमण फैलिएको भन्दै अरूको स्वास्थ्यको पनि ख्याल गर्न कोरोना सङ्क्रमितलाई सरकारको आग्रह गरेको छ । ‘आइसोलेसनबाट भाग्नुभन्दा चित्त नबुझेको कुरा राखौं, आवश्यकताअनुसार आइसोलेसन सुधार गर्दै जानेछौं , तर नभागौँ ।’ एक जना कोरोना संक्रमितले अरू तीन हजार जना सम्मलाई कोरोनाको भाइरसण सार्न सक्ने भएकोले सुरक्षित रही बाहिर ननिस्किन संक्रमितहरू सरकारले सचेत गराएको हो । कतिपय संक्रमितले अनुशासन नमान्दा संक्रमण फैलिएको भन्दै स्वासथ मन्त्रालयले यस्तो आग्रह गरेको हो । काठमाडौं उपत्यकाको तीन जिल्लामा संक्रमित ह्वात्तै बढेपछि सरकारले यस्तो आग्रह गरेको हो । काठमाडौं उपत्यकामा आइतबार मात्र थप ४२९ जनामा कोरोना पुष्टि भएको छ ।
कतिपय संक्रमित आइसोलेसनबाट भाग्ने, होम आइसोलेसनमा बसेकाहरू बाहिर निस्किने जस्ता गुनासो आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
उनले भने ‘परिवार, छिमेकी वा देशलाई नै पर्ने समस्यालाई बुझी संक्रमित अनुशासनमा बस्नुपर्छ ।’ उनले आइसोलेसनबाट भाग्नुभन्दा चित्त नबुझेको कुरा आइसोलेसन व्यवस्थापनसँग राख्न आग्रह गरे ।
उनले भने ‘आइसोलेसनबाट भाग्नुभन्दा चित्त नबुझेको कुरा राखौं, आवश्यकताअनुसार आइसोलेसन सुधार गर्दै जानेछौं , तर नभागौँ ।’
कोरोना महामारीले देशको स्वास्थ्य सेवा नै असहज अवस्थामा पुगेको भन्दै यो समयमा सबैको हातेमालोबाट मात्रै समस्या समाधान हुने उनले बताए ।
यस्तै प्रवक्ता गौतमले सम्बन्धित अस्पतालसँग समन्वय नगरी कोरोना संक्रमितलाई रेफर नगर्न निर्देशन दिएका छन् । कतिपय संक्रमितलाई सम्बन्धित अस्पतालमा सम्पर्क गरी र डाक्टरको साथ नलगाई पठाएको पाइएको भन्दै यस्तो गर्दा केही तलमाथि भएमा रेफर गर्ने अस्पताल जवाफदेही हुने प्रवक्ता गौतमले बताए ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया