कपिलवस्तुको बुद्धभुमि सहित ३ नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रण

काठमाडौं                                                                अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण सहित ३ वटा नगरपालिकामा छापा मारेको छ । चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता (सह सचिव) नारायण प्रसाद रिसालले  बताए ।

पाँच लाखभन्दा बढी रकमको खरिद र भुक्तानीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले स्थलगत छानबिनका लागी टोली परिचालन गरेको थियो । मंगलबार आयोगको टोलीले गरेको स्थलगत छानबिनको आधारमा सो उजुरी उपर थप अनुसन्धान गरिने सहसचिव रिसालले बताए ।

प्रतिक्रिया

खबर सबै