

मुख्यमन्त्री केसीले गरे सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण

दाङ । सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण गरिएको छ। दाङ राप्ती गाउँपालिका १ भालुबाङमा करिब एक वर्षअघि निर्माण सम्पन्न भएको सालिकको शनिबार अनावरण गरिएको हो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहिद कृष्णसेन इच्छुकको सालिक अनावरण गर्दै सहिद कृष्णसेन इच्छुकले देखेको गरिब, विपन्न तथा निमुखाको पक्षमा अझै काम गर्न बाँकी रहेको बताए। ‘यो कालझैं इतिहास हो। अर्को पुस्तासम्मको लागि ठूलो इतिहास हो’, उनले भने, ‘यति महान व्यक्तिको आज सालिक अनावरण गर्न पाउँदा हामीलाई गर्व अनुभूति पनि छ।’
सालिक निर्माण गर्न प्रदेश सरकारले लगानी गरेको छ। प्रदेश सरकारको ७ लाख ४० हजार, सहयोगबाट दुई लाख ९१ हजार ५४० गरी १० लाख ३१ हजार ५४० रुपैयाँ लागतमा सालिक निर्माण भएको सालिक निर्माण समितिका संयोजक सूर्यप्रकाश शर्माले जानकारी दिए।
सहिद कृष्णसेन इच्छुकको २०५९ जेठ १३ गते नख्खु कारागार काठमाडौँमा हत्या गरिएको थियो। साहित्य सृजना र पत्रकारिताको माध्यमबाट जनजीविकाको सवाल उठाउँदै आएका सेन कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए। नेकपा माओवादी केन्द्र राप्ती गाउँ संगठन कमिटीको आयोजनामा कार्यक्रम भएको हो।
सालिकको निर्माण कार्य २०७५ बैशाख २५ गतेबाट सुरु भएको गाउँ संगठन कमिटीका अध्यक्ष श्यामेस चौधरीले जानकारी दिए।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया