बाणगंगाका चार विद्यालय भए समायोजन

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले एकैपटक नगरका चार सामुदायिक विद्यालयको समायोजन गरेको छ । बिहिबार बसेको नगर कार्यपालिका बैठकबाट निर्णय गर्दै नगरभित्र संचालमा रहेका अति कम विद्यार्थी संख्या रहेका चार विद्यालयलाई समायोजन गरिएको हो ।

बैठकले नगरभित्रका शिक्षकको दरबन्दी मिलान गर्नुका साथै ४ वटा बिद्यालयलाई समायोजन गरेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । नगरपालिकाको आफनै भवनमा बसेको बैठकले कम बिद्यार्थी भएका बिद्यालयका शिक्षकलाई बढि बिद्यार्थी भएका बिद्यालयमा पठाउनुका साथै कम बिद्यार्थी भएका बिद्यालयका कक्षा सख्या पनि घटाएको छ ।
नगरपालिकाका कोटीहवा आधारभुत बिद्यालय गंगौलिया, शारादा आधारभुत बिद्यालय, जनसहयोग आधारभुत बिद्यालयलाई कक्षा ५ बाट घटाएर कक्षा ३ सम्म बनाइएको छ भने कोठीनदी आधारभुत बिद्यालयलाई कक्षा १ सम्म मात्र पढाइ हुने गरी समायोजन गरीएको नगरपालिकाका प्रवक्ता पौडेलले बताउनुभयो ।
यस्तै नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई संयोजक रहेको ११ सदसीय शिक्षण सहयोगका लागि बिज्ञ समुह पनि गठन गरेको प्रवक्ता पौडेलले जानकारी दिनभयो ।
त्यस्तै गौरी मावि भक्तौली, कामता मावि करेलीया र सिद्धार्थ माबि बुङचीलाई मासिक ३५ हजार ९ सय ९० का दरले अनुदान दिने निर्णय बैठकले गरेको छ भने आर्दश आधारभुत बिद्यालय भढीहवा, भर्तापुर आधारभुत बिद्यालय भलवाडलाई मासिक २८ हजार २ सय अनुदान दिने पनि निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको ६९ लाख रकम ११ वटा वडामा बाडफड गरेको छ । बैठकमा नगर प्रमुख मगंल प्रसाद थारु, उप प्रमुख चक्र अर्याल र प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल सहित नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमूखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

खबर सबै