राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं. राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।

जारी महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानबाट अर्का प्रत्यासी कमल थापालाई पराजित गर्दै उनी अध्यक्ष बनेको मतगणनास्थलमा रहेका नेता मोहन श्रेष्ठले बताए।

मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ। राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८७३ मत खसेको थियो।

प्रतिक्रिया

खबर सबै