

समृद्धी र शुसासनको योजना जसपाले पुरा गर्छ : मन्त्री यादव



राजेन्द्र खनाल, कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले देशमा समृद्धी र शुसासनको योजना जसपा नेपालले मात्रै पुरा गर्ने बताएका छन् । जसपाले उठाएका एजेण्डाहरु पछिल्लो पटक अन्य दल र नेताहरुले पनि बोल्न लागेको भए पनि यसको सही योजना जसपा सँग मात्रै रहेको उनले बताए ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित जसपा वडा समितिले शनिबार आयोजना गरेको पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले कपिलवस्तुमा पूर्वाधार विकासका कामलाई तिव्र गतिमा अगाडी बढाइने पनि बताए । प्रदेश सरकारका तर्फबाट कपिलवस्तुमा चालु आर्थिक वर्षमा अधिक्तम योजनाहरु संचालनका लागि बजेट विनियोजन भएकाले जिल्लाको विकासका लागि यस पटक धेरै काम गरिने पनि उनले दावी गरे ।
यस्तै कार्यक्रममा जसपा नेपालका लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरीले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमूख र समानुपातिक निर्वाचन प्रणाली र भ्रष्टाचार निवारणका लागि जनलोकपालको गठन अनिवार्य रहेको बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य नारायण खनालले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को बाणगंगा नगरपालिका ९ मा इतिहासमा धेरै माननियहरु भएको र धेरै मानिसहरु मन्त्री भएको भएता पनि विकासका दृष्टीकोणले यो क्षेत्र अहिले सम्म रुग्ण अवस्थामा रहेकोले यस क्षेत्रको तिव्र विकास र आर्थिक समृद्धीका निम्ती जसपा नेपालले पहल लिनुपर्ने आम जनताको चाहना रहेको बतए ।
यस्तै कार्यक्रममा जसपा केन्द्रिय सल्लाहाकार समितिका संयोजक विष्णुहरि शर्मा सहित केन्द्रिय अनुशासन आयोग प्रमूख नरसिँह चौधरी, बोम दर्लामी, केशवराज पौडेल, लुम्बिनी प्रदेश सरकार श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेँगा मगर,जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष डा. अब्दुल रसिँद खाँ, जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादव लगाएतले पनि सम्बोधन गरेका थिए ।
यसैबिच जसपा वडा समिति भलवाडमा राधा खनालको अध्यक्षतामा २१ सदस्यीय वडा समिति पनि गठन भएको छ । जसको उपाध्यक्षमा दिपा खनाल, सचिवमा विष्णु भुषाल, कोषाध्यक्षमा शालिकारम भुषाल, सह सचिवमा सावित्रा परियार लगाएत चयन भएका छन् । यस्तै वडा समिति सल्लाहाकार समिति अध्यक्षमा गोबिन्द बञ्जाडे चयन भएका छन् ।
जसपा नेपालद्धारा आयोजित कार्यक्रममा स्थनीय स्तरमा रहेको शिव पार्वती मन्दिर आमा समुहकी अध्यक्ष सरस्वती थापा, प्रयास सामाजि युवा क्लवका अध्यक्ष हिमबहादुर खनाल, जन जागरण कृषक समुहकी अध्यक्ष मिरा पौडेल, धिरीखोला बाँध तथा तडबन्ध निर्माण समितिका अध्यक्ष कुन्तामणी भुषालले यस वडाको शिक्षा, स्वास्थ्य, कृषि, वन तथा भौतिक पूर्वाधार र संघ संस्थाहरुको विकासका साथै विभिन्न विकासको योजना निर्माण र बजेट माग पत्र सहितको ज्ञापन पत्र मन्त्री यादव समक्ष पेश गरेका थिए । मन्त्री सहसराम यादवले स्थानीय स्तरबाट प्राप्त विकासका प्रस्तावित योजनाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । जसपा नेपालले आयोजना गरेको कार्यक्रममा स्थानीय सामाजिक संघ सस्था, बुद्धिजिवी, सामाजिक र राजनितिक अभियान्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मन्त्री यादव र इन्चार्ज चौधरीले गरे जनतासँग प्रतिबद्धता
जसपा नेपालका लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी र मन्त्री सहसराम यादव सहित लुम्बिनी प्रदेश सरकार श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेँगा मगरले भलवाड स्थित भर्लाबासमा जन भेटघाट गर्दै विकासका काममा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
पूर्व मन्त्री समेत रहेका जसपा प्रदेश इन्चार्ज चौधरीले भर्लाबासमा निर्माणाधिन राम सिता मन्दिरका लागि आफुले तत्काल सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । यस्तै मन्त्री यादवले सडक, कृषि र सिँचाईका योजनाहरु जनताबाट माग भई आएकाले आफुले सम्बोधन गर्ने बताएका छन् । समग्र कार्यक्रमको सहजीकरण जसपा नेपालका केन्द्रिय सदस्य नारायण खनालले गरेका थिए । यस्तै भलवाड स्थ्ति वडा समिति सदस्य भिम बहादुर पुन र टो विकास समितिका सचिव पोम प्रसाद अर्यालको सक्रियतामा जनभेटघाट कार्यक्रम गरिएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी












प्रतिक्रिया