जनमतको अपमान गर्नेलाई जनताले निर्वाचनमा देखाइदिन्छन : माधव नेपाल

कपिलवस्तुु ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि केपी ओलीको पार्टी लाइट बालेर खोज्नुपर्ने बताएका छन् । एकीकृत समाजवादी अर्घाखाँची जिल्ला पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संविधानविपरीत दुई दुई पटक संसद् विघटन गरेपछि अहिले बहुमत नेपाली जनताहरू उनको पार्टीको विपक्षमा रहेको दाबी गरेका हुन् ।
जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन्,’ उनले भने, ’तपाईंहरु पनि भ्रममा नपर्नुस् ।’ राष्ट्रियसभाको निर्वाचनमा रामबहादुर थापासँग कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउँदै कलम चिन्हको विजयी यात्रा शुरु भैसकेको बताए । संविधानको रक्षा गर्दै ससंद् जोगाउने शक्तिहरू निर्वाचनसम्म एकै ठाउँमा रहने दाबी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचनबाट ओलीको पार्टी पत्तासाफ हुने ठोकुवा गरे ।
यसैबिच पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले कपिलवस्तुको मुख्य धार्मिक पर्यटकीय स्थल तथा साहत्यीक जमघटको थलोको रुपमा विकास भएको कपिल आरोग्य मन्दिर कपिलधाम र कपिलधाम साहित्य तिर्थको समेत अवलोकन गर्नुभयो । झण्डै तीस मिनेट बढी कपिलधाममा रोकिनुभएका नेता नेपालले साहित्य चौतारी कपिलधामको विकास र विस्तारका लागि आफु अर्काेपटक थप समय जुटाएर आउने प्रतिबद्धता जनाउनुभएको कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्यले जानकारी दिनुभयो । अर्घाखाँची जाने क्रममा बनगाई डोहोटे सडक खण्ड अन्र्तगतको कपिलधाम स्थित साहित्य चौतारी कपिलधाममा उहाँले अवलोकन गर्नुभएको हो ।
अर्घाखाँची पुगेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष समेत रहनुभएका नेता नेपालले एमाले अध्यक्ष ओलीकै दम्भ, घमण्ड र सर्वसत्तावाद प्रवृत्तिले केन्द्रीय सरकार लगायत सबै प्रदेश सरकार एमालेले गुमाएको जिकिर गरे ।
उनले संविधान बचाउने गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् । उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया

खबर सबै