

अखिल (छैठौं) लुम्बिनी प्रदेश अध्यक्ष मा सिंह चयन



रिसव आचार्य, बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं ) लुम्बिनी प्रदेश को अध्यक्षमा सरोजमान सिंह चयन हुनुभएको छ ।
अखिल लुम्बिनी प्रदेश को भेला १७ र १८ गते बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट बोल्दै अखिल (छैठौं) का केन्द्रीय महासचिव सुवास जिसि ले बिद्यार्थी राजनीति मा अखिल छैठौं ले खेलेको भुमिका ” बिधालय देखि विश्वबिधालय सम्म ” अभियानको सफल बनाउनको लागि बिद्यार्थी को भुमिका , राष्ट्रियता , गणतन्त्र को रक्षा गर्ने जिम्मेवारी बिद्यार्थी को काधमा आएको स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिसिले देशमा भएको राजनैतिक घटनाक्रममा ,संघियता , एमसीसी को बिरुद्धमा बलत्कार , हत्या हिंसाको बिरुद्धमा शैक्षिक बिकृतिको बिरुद्धमा अखिल छैठौं अग्र पंक्तिमा सडक आन्दोलनमा उत्रिएको उहांले बताउनु भएको थियो ।
कार्यक्रमका बक्ताहरुले अखिल छैठौं ले बिद्यार्थी हरु बिचमा गएर शैक्षिक बिकृति , बिद्यार्थी को हक अधिकारको बिषयमा स्पष्ट पारेर बिद्यार्थी हरुलाइ अखिल छैठौं मा आबद्ध गर्नु पर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।कार्यक्रम मा राजमो जिल्ला सचिव टान ब केसि , अखिल छैठौंका पूर्व महासचिव सुरेश थापा,कम्युनिस्ट संघ्रालय का अध्यक्ष चेतनाथ आचार्य , राजमो लुम्बिनी प्रदेश कार्यालयकाे तर्फबाट भिमलाल न्यौपाने ,समता समाजका केन्द्रीय अध्यक्ष राजेश बिक ,अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य दुर्घानाथ खरेल लगायत अखिल (छैठौं)का केन्द्रीय नेताहरुको समेत आतिथ्यता रहेको थियो ।
भेलाले सरोजमान सिंह को अध्यक्षतामा २१ पुर्ण र ४ बैकल्पिक रहेको २५ सदस्यीय प्रदेश समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा नवराज चन्द ( बाके) ,सचिव खगेन्द्रा बिष्ट ( रोल्पा ) ,सह सचिव जीवन नेपाली ( अर्घाखाँची ) , कोषाध्यक्षमा नविन केसि ( प्युठान) र सदस्य हरुमा रिसव आचार्य ( कपिलवस्तु ) ,सागर बेल्बासे,लक्ष्मण बिक,बिमला सापकोटा ,सन्जिला बुढा ,तृषना श्रीनेत ,सगर सुवेदी ,केशव बुढाथोकी ,दिनेश रैदास,भुपेन्द्र ठडराई,टेकराज भुषाल,विमल खरेल ,उषा बिष्ट ,लक्ष्मि बन्जाडे,राजु चौधरी ,रमेश पुन र बैकल्पिक सदस्य मा टिना अदै ,भिममाया नेपाली ,निशान श्रेष्ठ ,लिला कुंवर चयन हुनुभएको छ भेलाले ३ सदस्यिय सल्लाह पनि चयन गरेको छ जसमा सुरेश आचार्य ,बसन्त आचार्य , सुदिप पौडेल चयन हुनुभएको छ । कार्यक्रममा विभिन्न बिषयमा सुरेस थापा,दुर्घानाथ खरेल र सुवास जिसिले बिद्यार्थी हरुलाई प्रशिक्षण दिनु भएको थियो ।
अखिल (छैठौं)का केन्द्रीय सदस्य खगेन्द्रा बिष्टको अध्यक्षता , केन्द्रीय सचिव सरोजमान सिंह को सन्चालनमा अघि बढेको कार्यक्रममा केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष सागर बेल्बासेले स्वागत मन्तब्य राख्नुभएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया