कपिलवस्तुमा आगोलागी हुदा झण्डै २ लाखको क्षेती

सुशील गैरे कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउपालिकामा आगोलागी हुदा झण्डै २ लाख बराबरको क्षेती भएको छ । गाउपालिकाको वडा न.१ गुगौलीमा साझ ६ बजे घनश्याम यादवको गोठमा आगलागी भएको स्थानीय उत्तम बहादुर कोरीले बताए । आगलागीबाट गोठ सहित १ वटा भैंसी जलेर मृत्यु भएको छ, भने मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय गणेसपुरले जानकारी दिएको छ ।

आगलागी बाट १ लाख ६० हजार बराबरको क्षती भएको प्रहरीले बताएको छ । आगो स्थानीयद्वारा नियन्त्रण आएको छ भने आगलागी बिद्धुत सर्ट बाट हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

खबर सबै