

कांग्रेस पहिलोपटक आज प्रदेश अधिवेशन गर्दै,लुम्बिनीमा पुन र शाह चुनावी मैदानमा



कपिलवस्तु ।
नेपाली कांग्रेसले आज बिहीबार पहिलोपटक पार्टीको प्रदेश अधिवेशन गर्दै छ। मुलुक संघीय संरचनामा गएपछिनेपाली कांग्रेसका लागि यो पहिलो प्रदेश अधिवेशन हो । सत्तारूढ दल कांग्रेसले आफ्नो १४औं महाधिवेशनअन्तर्गत आज सातै प्रदेशमा प्रदेशस्तरीय अधिवेशन गर्ने भएको हो।
सात प्रदेशका अधिवेशन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।
उनका अनुसार प्रदेश १ को अधिवेशन विराटनगर, २ को जनकपुर, बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ। अधिवेशनले पहिलोपटक कांग्रेसको प्रदेश कार्यसमिति चयन गर्नेछ।
यसैबिच यता नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत विहिबारदेखि लुम्बिनीसहितका सबै प्रदेशमा अधिवेशनको प्रक्रिया सुरु हुँदै छ । लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा हुँदै छ । वडादेखि सबै तहमा गुटगत प्रतिस्पर्धा गरी नेतृत्व चयन गरेको कांग्रेसमा प्रदेशको पहिलो अधिवेशन पनि समूहगत प्रतिस्पर्धा हुने भएको छ । लुम्बिनीमा जिल्ला र क्षेत्रमा बलियो स्थान बनाएका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट रोल्पाका निवर्तमान सभापति अम्मर पुन र सभापति शेरबहादुर देउवा पक्षबाट रूपन्देहीका नेता भरतकुमार शाह चुनावी मैदानमा उत्रिने निश्चित प्राय भएको छ । दुबै जना पूर्व राज्यमन्त्री हुन् ।
रूपन्देहीको ५ नम्बर निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य भरतकुमार शाह अहिले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भएपछि चर्चामा छन् । उनी ३ पटक रुपन्देहीबाट निर्वाचित भइसकेका छन् । उनी देउवा निकट नेता हुन् । यसैगरी रोल्पाका सबै स्थानीय तहमा सर्वसहम्मत आफ्ना पक्षका नेताहरुलाई नेतृत्वमा ल्याएका पुनः वरिष्ठ नेता पौडेल पक्षका हुन् । लुम्बिनीमा पौडेल पक्षको बलियो उपस्थिती देखिएकाले उनको सभापति हुने सम्भावा बलियो देखिएको छ । तर, गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र भएका कारण उनले आफू निकटका शाहलाई नै सभापति बनाउनका लागि अन्तिमसम्म प्रयत्नरत रहने नै छन् । प्रदेश अधिवेशनको संयोजक गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खाँणलाई बनाइएको छ । प्रत्येक जिल्लामा रहेका प्रतिनिधिसभा क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रबाट आएका क्षेत्रीय प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद पनि प्रदेश अधिवेशनका मतदाता हुन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया