

कपिलबस्तुको यशोधरामा प्रहरी र स्थानीयबीच झडप



कपिलवस्तु । १४ मङ्सिर सवारी दुर्घटनामा वालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीय बिच झडप हुँदा ९ प्रहरी घाइते भएका छन् । जिल्लाको यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले १२ वर्षीय बालिका सुमन यादवलाई ठक्कर दिएको थियो ।
मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजे पछि स्थानीय बासी र प्रहरी बिच झडप भएको थियो । स्थिति नियन्त्रणमा ल्याउन नेपाल प्रहरीले ५ राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेको थियो । झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।
घाइते प्रहरी मध्ये असई यादव र हवलदार चौधरीको अवस्था मध्यम रहेको छ । सोमवार साँझ ५ः३० बजे घटनालाई लिएर करिब ३ घण्टा स्थिति तनाव पूर्ण बनेको थियो । २ सय बढी आक्रोशित स्थानीयको भिडले सुठौली भन्सार कार्यालय अगाडी जाँच पासका लागि बसेका सवारी साधनमा तोड फोड, आगजनी गर्ने प्रयास गर्न खोज्दा झडप भएको प्रहरी प्रवक्ता धर्मराज भण्डारीले बताए । अश्रु ग्यास प्रहार पछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । हाल घटना स्थल सामान्य रहेको बताइएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया