

कृषि विकास बैंक जितपुर शाखाद्धारा बाणगंगामा एक्सटेन्सन काउन्टर सञ्चालन



भगवती न्यौपाने
स्थापनाकाल देखि कृषि क्षेत्रको विकास, ग्रामिण क्षेत्रको विकास, बैंकिक प्रथाको विकास गरि गरिवी निवारणमा सहयोग पु¥याउदै आईरहेको कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालय ४ नम्बर जितपुरले बाणगंगा नगरपालिकाको भवनमा एक्सटेन्सन काउन्टरको सञ्चालनमा लयाएको छ । आज एक कार्यक्रमका बिच एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ । वाणगंगा नगरपालिकाका नगर प्रमख मंगल प्रसाद थारुले रिवन काटेर एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभएको हो ।
नगर प्रमख थारुले कार्यक्रममा बोल्दै नगरपािलका र कृषि विकास बैंक सधै सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । साथै उहाँले देश संघियतामा गए पछि नगरपालिका जनताको सिंहदरवार भएको समेत बताउनुभयो ।
कार्यक्रममा कृषि विकास बैंक लि.का उपमहाप्रबन्धक बाबु काजी थापाले नगरले बैंकलाई सधै साथ दिने र समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा कृषिको आधुनिकिकरण र यान्त्रिकिकरण गर्न कृषि विकास बैंकको योगदान रहेको उल्लेख गर्दै बिदेशी दातृ निकायहरुले कृषि कर्जा तथा कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु कृषि विकास बैंक मार्फत सञ्चालन भईरहेको र आगामि दिनमा यस्ता कार्यक्रमहरु स्थानीय तहसंग समन्वय गर्दै कृषि कर्जा, पशुपालन कर्जा, पशु विमा र वाली विमालाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।
साथै कृषि बिकास बैंकले कृषि कर्जा मात्र नभई अन्य वाणिज्य बैंकहरुले जस्तै उद्योग कर्जा, व्यापार कर्जा, एल।सि।, बैंक ग्यारेण्टी लगायतका विभिन्न शिर्षकमा सेवा दिनुका साथै विभिन्न प्रकारका निक्षेप खाता, डिम्याट खाता, डिजिटल बैंकिक सुविधाहरुः मोवाईल बैंकिक, ईन्टरनेट बैंकिक, कनेक्ट आईपिएस, मेरो शेयर, रेमिट्यान्स जस्ता सुविधाहरु पनि उपलब्ध गराउदै आईरहेको बताउनुभयो । साथै उहाँले बैंकले सञ्चालनमा ल्याएको घरमै बसीबसी खोल्न मिल्ने अनलाईन बचत खाता, अनलाईन डिम्याट खाताको समेत प्रयोग गरि लाभान्वित हुन सबैलाई आग्रह गर्नुभएको थियो ।
बाणगंगा नगरपालिकाको सम्पुर्ण खाताहरुका बैकिंक कारोवारहरु सोहि बैंकबाट सञ्चालन भईरहेको साथै कर्मचारीहरुको तलवी खाता समेत सञ्चालनमा आईरहेको अवस्थामा सरकारी राजश्व संकलन, टेण्डर प्रक्रियाको सहजीकरण लगायत अन्य बैंकिक सुविधा उपलब्ध गराउने उद्देश्यले बाणगंगा नगरपालिकाको भवन भित्रै बैंकको एक्स्टेटन्सन काउन्टर सञ्चालनमा ल्याईएको बैकंका शाखा प्रबन्धक पुनाराम खासुले बताउनुभयो । अब नगरपालिकालाई तिर्नुपर्ने विभिन्न शिर्षकका राजश्व रकम बैंकमा गई लाईन बसेर तिनुपर्ने समस्या पनि समाधान हुने विश्वास आम सेवाग्राहीको रहेको छ ।
वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्याल, प्रशासकिय अधिकृत बासुदेव खनालले कार्यक्रममा बोल्दै एक्सटेन्सन काउन्टरबाट नगरवासीले धेरै सेवा सुविधा लिने बताउदै यसबाट लाभान्वित हुन सबैलाई आग्रह समेत गर्नुभएको थियो ।
कृषि विकास बैंक लुम्बिनी प्रदेश निर्देशक राजेश कुमार श्रीवास्तवको अध्यक्षता, कृषि विकास बैंक लिमिटेड शाखा ४ नम्बर जितपुर शाखा प्रबन्धक पुनाराम खासुको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कृषि विकास बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालय भैरहवाका ऋण अधिकृत नवराज गौतमले गर्नुभएको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, शिक्षा अधिकृत खिम बहादुर जिसि, वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी, बैंकका सुचना अधिकारी कृष्ण प्रसाद शर्मा लगायत बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया