

दाङका ७ जनालाई एमालेको केन्द्रीय जिम्मेवारी

दाङ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा दाङबाट ७ जनाले निर्विरोध जिम्मेवारी प्राप्त गरेका छन्। पार्टीको महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी, केन्द्रीय सदस्यमा मुुस्लिम महिला सदस्यमा साजिदा सिद्धिकी र लुम्बिनी प्रदेशबाट महिला सदस्यमा मेनका पोखरेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी, केन्द्रीय अनुुशासन आयोगको सदस्यमा दाङबाट छविलाल वली र सरस्वती गौतम, केन्द्रीय लेखा आयोगको सदस्यमा रेवतीरमण शर्मा र सावित्रा विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी, एक उपाध्यक्ष र ६ जना केन्द्रीय सदस्यले भने चुनाव लड्नुपर्ने भएको छ। उपाध्यक्ष पदमा युवराज ज्ञवाली भिडेका छन् भने ६ वटा उपाध्यक्ष पदमा ७ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै, केन्द्रीय सदस्यतर्फ थारू महिला २ जनाको कोटामा ३ जनाको उम्मेदवारी परेपछि गंगा थारू निर्वाचनमा जानुुपरेको छ।
यसैगरी, थारू सदस्य खुुलातर्फ नरुलाल चौधरीको उम्मेदवारी परेको छ। ५ सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको हो। साथै, खुला सदस्यमा घनश्याम पाण्डे भिडेका छन्।
८४ सदस्यीय हुने खुलातर्फ ८५ जनाको उम्मेदवारी परेको छ। यसैगरी, खुला महिला सदस्यमा सुजिता शाक्य, सीता सिग्देल न्यौपाने र कोमल ओलीले प्रतिस्पर्धा गर्दै छन्। ५३ सदस्य खुुला महिला सदस्यका लागि ५४ जनाको उम्मेदवारी परेको छ। चुुनावी प्रक्रिया राति ९ बजेपछि सुरु हुनेछ।
एमालेको दशौं महाधिवेशनमा निर्वाचित हुने केन्द्रीय सदस्यमा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले ३०१ जनाको नाम सिफारिस गरेका थिए।
तर, ओलीले सिफारिस गरेका नामभन्दा ३० जना बढीको उम्मेदवारी परेपछि अब केन्द्रीय सदस्यबीच समेत चुनावी प्रतिस्पर्धा हुने भएको हो।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया