

कपिलवस्तुका तीनवटै निर्वाचन क्षेत्रमा सकियो कांग्रेसको मनोनयन



ई साझाकुरा, कपिलवस्तु ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेश अन्तर्गत आज कपिलवस्तुका तीन वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको छ भने महाधिवेशन प्रतिनिधिहरुले पनि उमेद्धारी दिएका छन् ।
वडा, गाउँ तथा नगर र प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन टुङ्गो लगाउँदै कांग्रेसले आज कपिलवस्तु सहितका जिल्लामा संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्दै छ । जसका लागि पुर्व घोषित तालिका अनुसार आज नेताहरुले मनोनयन दर्ता गराएका हुन ।
कपिलबस्तु क्षेत्र नं। १ को सभापतिमा अब्दुल मन्नान खाँले उम्मेद्वारी घोषणा गर्नुभएको छ । दशकौदेखि नेपाली कांग्रेसको संक्रिय राजनिति गर्दै आईरहेका खाँले जिल्लामा पार्टीलाई थप स्थापित गर्दै थप सुदृढ तुल्याउन आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो ।
निर्वाचन क्षेत्र नम्बर २ मा केशव श्रेष्ठ र विरेन्द्र मिश्रले क्षेत्रीय सभापति पदका लागि उमेद्धारी दिनुभएको त्यहाँको निर्वाचन मण्डलले जनाएको छ । अन्तिम नामावली प्रकाशित गरि उमेद्धारहरुको सूचि सार्वजनिक गरिएको हो ।
यस्तै जिल्लाको क्षेत्र नम्बर ३ मा मनोनयन दर्ताका क्रममा विवाद सिर्जना भएको जानकारी आएको छ । उमेद्धारी दर्ताका क्रममा नेताहरुका बिचमा भएको विवादलाई भने सामान्य भनिएको छ ।
उमेद्धारी मनोनयन दर्ता पछि विवदा भएको हो । सो निर्वाचन क्षेत्रको क्षेत्रीय सभापति पदका लागि बर्मानन्द उपाध्या र हरिप्रसाद पोख्रेलले उमेद्धारी दर्ता गराउनुभएको छ । पहिलो नामावली प्रकाशन पनि गरिएको निर्वाचन मण्डलले जानकारी दिएको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया