

माओवादी केन्द्रले शनिबार देशभर वडा सम्मेलन गर्दै



काठमाडौँ — माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिकाअनुसार शनिबार देशभर वडा सम्मेलन गर्दै छ । सदस्यता नवीकरण सकेर माओवादीले तल्ला तहका अधिवेशन प्रक्रिया सुरु गरेको हो । माओवादीले वडा अधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सम्भव नभए निर्वाचनमा जान तल्ला निकायलाई निर्देशन दिएको छ । समूहगत निर्वाचनमा भने जान नपाइने माओवादीले स्पष्ट पारेको छ ।
निर्वाचन प्रयोजनका लागि देशभरका ६ हजार ७ सय ४३ वडामा पार्टीको निर्वाचन आयोगले निर्वाचन समिति बनाएको छ । यस्ता समिति ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा पनि गठन भएको माओवादी केन्द्रको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए । माओवादीले मंसिर ११ मा सबै पालिकामा र मंसिर २५ मा सातै प्रदेशमा अधिवेशन सक्ने कार्यतालिका बनाएको छ ।
अन्तरिम विधान २०७८ ले पार्टीका विभिन्न तह र जनवर्गीय संगठनका केन्द्रीय निकायको निर्वाचन गर्न केन्द्रीय निर्वाचन आयोगको व्यवस्था गरेको छ । माओवादीले सदस्यता नवीकरण पनि टुंग्याएको छ । निर्वाचन आयोगका प्रमुख श्रेष्ठले देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेको र अझै बढ्न सक्ने बताए । यसअघि संगठन विभागले गत निर्वाचनमा पाएको मतभन्दा झन्डै दोब्बर पार्टी सदस्य बनाउने महत्त्वाकांक्षी योजना बनाएको थियो । जसअनुसार माओवादीले संगठन सुदृढीकरण अभियानमा ३० लाख ९४ हजार १ सय ६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया