

एमाले महाधिवेशन : कपिलवस्तुमा चयन भए १९ जना प्रतिनिधी



कपिलवस्तु ।
नेकपा (एमाले) को मंसिर १०,देखी १२ सम्म चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनका लागि कपिलवस्तुबाट १९जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष झविलाल पोख्रेल,सहित एमाले नेतहरु विष्णु पंथी, डम्मर शर्मा, विश्राम प्रसाद थारु, घरबरन यादव, विश्व कार्की तथा महिला तर्फ प्रभा पौडेल र शान्ता पाण्डे, रहनु भएको छ । त्यस्तै क्षेत्र नं. २ बाट टेकराज पौडेल, आजाज अहमद दर्जी, बाबुराम खनाल महिला तर्फ लक्ष्मी न्यौपाने चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै क्षेत्र नं. ३ बाट मोहम्मद मुस्तफा , उपेन्द्र खनाल, टोपलाल पोख्रेल महिला तर्फ कमला भुसाल निर्वाचित हुुनुभएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ । त्यस्तै दलित तर्फ शान्तिदेवी चमार र सवि गहतराज निर्वाचित भएको एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालले बताउनु भयो ।
जिल्लाको क्षेत्र नम्बर १र २ मा शुक्रबार नै प्रतिनिधिको टुङ्गो लागेको भए पनि निर्वाचन क्षेत्र नम्बर३ ले आज महाधिवेशन प्रतिनिधिहरुको नाम टुङ्गो लगाएको हो । यो सँगै अब महाधिवेशनका लागि कपिलवस्तुबाट एमालेका १९ जना प्रतिनिधि प्रत्यक्ष सहभागी हुने भएका छन् ।
यसैबिच यता महाधिवेशनका लागि कपिलवस्तु क्षेत्र नं. १ बाट निर्वाचित ८ जना महाधिवेशन प्रतिनिधीका लागि एक कार्यक्रमका बीच आज प्रमाण पत्र समेत प्रदान गरेको एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालले बताउनु भयो । प्रमाण पत्र वितरण कार्यक्रममा एमालेका केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले मन्तब्य राख्नु भएको थियो । निर्वाचित घोषणा तथा प्रमाण पत्र प्रदान कार्यक्रम निर्वाचन समितिका संयोजक ताराजन घिमिरेको अध्यक्षता, समितिका सदस्य विष्णु पौडेलको स्वागत मन्तब्य, निर्वाचन समितिका उपप्रमुख भिष्मराज भुसालको संचालनमा सम्पन्न भएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया