

बनगाई– मोतिपुर सडक कालोपत्रे काम मंसिर मसान्त भित्रै सुरु हुने



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा स्थित मुख्य राजमार्ग देखि उत्तर बनगाई भलवाड डोहोटे सडक खण्डको कालोपत्रे योजनाको काम आउँदो मंसिर मसान्त भित्रै सुरु हुने भएको छ । हाल सो सडक खण्डको बनगाई देखि मोतिपुर कोइली नदी सम्मको सडक भत्एिर क्षेतविच्छेद भएको बनेको छ ।
कोईली नदीमा मोटरेवल पुलको काम सुरु भए सँगै उत्साहित बनेका नागरिकहरु सडकको दुरावस्ताले भने निरास बनेका छन् । बाणगंगा नगरपालिका वडा नमबर ७ का वडा अध्यक्ष विष्णु गिरीका अनुसार वडा नम्बर ७ को पहलमा नगर स्तिरीय योजनाअनुसार बनगाई –मोतिपुर सडक कालोपत्रेका लागि ४५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीका अनुसार सोही सडक कालोपत्रेका लागि प्रदेश सरकारबाट ५० लाख बजेट छुट्टाइएको छ । झण्डै एक करोड बजेटबाट आउँदो मंसिर मसान्त भित्र काम सुरु गर्ने गरी योजनाको तयारी गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।
प्रदेश र केन्द्रमा समेत बजेटका लागि पहल भईरहेको भन्दै वडा अध्यक्ष गिरीले भन्नुभयो, “थप बजेट पार्न सक्यौ भने यसै वर्ष पुरै सडक कालोपत्रे गर्छौँ । हामी निरन्तर पहल गरिरहेका छौँ, नगर स्तरीय र प्रदेशको हालको बजेटमा मंसिर महिना भित्रै काम सुरु हुन्छ ।”
तत्काल नगरपालिका र प्रदेशद्धारा विनियोजित बजेटबाट सडक कालोपत्रेका लागि बनगाई देखि मोतिपुर सम्मको तीन किलोमिटर सडकको दुवै तर्फ नाली निर्माण सहित काम हुने छ ।
हाल सो सडक खण्डमा ठाउँ ठाउँमा कालोपत्रे भत्किएर बनेका ठूला ठूला खाडलका कारण सडक धुलाम्य बनेको छ भने यातायातका साधन संचालनमा समेत समस्या निम्तने गरेको छ । दैनिक सयौँ नागरिक यात्रा गर्ने बनगाई भलवाड डोहोटे सडक खण्डको गत आर्थिक वर्षमा भलवाड क्षेत्रमा कालोपत्रे सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया