

जसपा अध्यक्ष यादव बुधबार कपिलवस्तु आउँदै



कपिलवस्तु ।
जनता समाजवादी पार्टी नेपाल केन्द्रिय अध्यक्ष उपेन्द्र यादव जसपाको पार्टी सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न कात्तिक २४ गते बुधबार कपिलवस्तु आउनुहुने भएको छ ।
कात्र्तिक २४ र २५ गते जसपा कपिलवस्तुले आयोजना गरेको दुई दिवसीय बैठक, जनसभा, तथा पार्टी प्रवेश जस्ता कार्यक्रमलाई केन्द्रिय अध्यक्ष यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तुमा रहँदा उहाँले बुधबार बिहान जिल्ला पार्टीद्धारा आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रम पकडी चौराहमा सम्बोधन गर्नुहुने कार्यक्रम जसपाले तय गरेको छ । त्यस्तै अध्यक्ष यादवले बिहिबार बिहान ८ बजे जिल्लाको औधोगिक नगरी कृष्णनगर नगरपालिकाका उद्योगी, व्यापारी उच्चपदस्थ बुद्धिजीविहरुसँग अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यस्तै सोही दिन दिउसो १२ बजे देखि जसपाको आन्तरिक पंक्तिसँग बृहत प्रशिक्षण तथा पार्टी प्रवेश कृष्णनगरमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ द्धारा आयाजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको जसपा कपिलवस्तुले जनाएको छ ।
जसपा कपिलवस्तुले आयोजना गर्ने सो कार्यक्रमका लागि केन्द्रिय अध्यक्ष उपेन्द्र यादवसँगै जसपा लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी, केन्द्रिय सल्लाहाकार परिषद सदस्य विष्णुहरी शर्मा, प्रदेश सह इन्चार्ज कमल खनाल र नविन सुनुवार, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका भौतिक योजना मन्त्री सहसराम यादव, केन्द्रिय सदस्यहरु नारायण खनाल, नरसिंह चौधरी, रामबरण यादव, अमृता अग्रहरी, मंगल प्रसाद गुप्ता, लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादव, उपाध्यक्ष डा. अब्दुल रसिँद खाँ, सचिव यज्ञ पोख्रेल लगाएतका नेताहरुको उपस्थिती रहने पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
पछिल्लो चरणमा कपिलवस्तु जिल्लामा जनता समाजवादी पार्टी नेपालले आफ्ना राजनितिक तथा वैचारीक काम सँगै संगठनात्म काम र प्रचारप्रसारको कामलाई युद्धस्तरमा अगाडी बढाइरहेको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया