

कपिलवस्तुमा मनाइयो महाकवि देवकोटाको जन्म जयन्ती




राजेन्द्र खनाल, कपिलवस्तु ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११३ औँ जन्मजयन्ती कपिलवस्तु सहित देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ साल कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति सहितको योगदान दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभयो । सोही सम्झनामा आज कपिलवस्तुमा पनि विभिन्न कार्यक्रम सहित महाकवि देवकोटाको सम्झनामा रचना वाचन कार्यक्रम गरिएको छ भने देश तथा विदेशमा रहेका साहित्यकार तथा कविहरुले लक्ष्मी प्रसाद देवकोटालाई स्मरण गरेका छन् ।
कपिलबस्तुमा वाणगंगा साहित्यिक प्रतिष्ठानको आयोजनामा महाकवि देवकोटाको जन्म जयन्तीका अवसरमा रचना वाचन कार्यक्रम गरीएको छ । बाणगंगा सात्यिक प्रतिष्ठानको आयोजना तथा वाणगंगा मा बि लौगाईको सह आयोजनामा सम्पन्न कार्यक्रममा महाकविको सालिकमा फुल माला चढाई उहाँको ब्याक्तित्वको साहित्यकारहरुले चर्चा तथा परिचर्चा गरेका छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
कार्यक्रममा सहित्यकार चतुर्रभुज पाण्डे, सुर्य भुसाल, कुलराज पौडेल, बिष्णु प्रसाद भण्डारि, सचिन पोख्रेल लगाएतले आफना बिचार राख्नुभयो । यस्तै मोहन ज्ञवाली, लेखनाथ घिमिरे, आतमराम आचार्य, कृष्ण प्रसाद पाण्डे, बिसाल पोख्रेल लगाएतले महाकवि देवकोटाको सम्झनामा रचना बाचन गर्नु भएको थियो ।
कार्यक्रम नित्यानन्द पाण्डेको अध्यक्षता सहित देवका भण्डारीको स्वागत र हुमनाथ पौडेलको संन्चालन सम्पन्न भएको हो ।
महाकवि देवकोटाले विसं २०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री भएका बेला नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउनुभएको थियो ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो ।
यसैबिच महाकवी लक्ष्मीप्रसाद देबकोटाकोे ११३ औँ जन्म जयन्तीको अवसरमा कपिल प्रज्ञा पुस्तकालय कपिलधामले पनि देवकोटाको सम्झनामा कार्यक्रम गरेको छ । बाणगंगा ९ कपिलधाममा सम्पन्न कार्यक्रममा बाल कवियत्री जोशिका कडेल सहित कविहरु दिलिप कार्की, राजमणि बस्याल, टंक प्रसाद आचार्य ,शिवचन्द्र आचार्य, आत्माराम आचार्य, शंकर प्रसाद आचार्य, बिस्नु प्रसाद भन्डारी, लगाएतले देवकोटाको कृतिहरुको चर्चा गर्दै आफ्ना कबिता बाचन गर्नुभयो ।
कार्यक्रममा साहित्यकार तथा सामाजिक बिकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमूख सुर्य प्रसाद भुसालले महाकवि देबकोटा १४ भाषाका ज्ञाता रहेको उल्लेख गर्दै उनले ९ भाषामा कविता रचना गर्ने साहित्यका भन्डार रहेको बताउनुभयो ।
लुम्बिनी वाङमय साहित्यिक प्रतिस्ठानका सचिव ऋषि आजादले देवकोटाका माध्यमबाट साहित्य क्षेत्रमा नेपालमा पहिलो पटक क्रान्ति आएको बताउनुभयो । कार्यक्रममा झण्डै एक दर्जन कबिहरुको सहभागिता रहेकोे थियो ।
कार्यक्रम कपिल प्रज्ञा पुस्तकालय कपिलधामका अध्यक्ष इन्द्र बहादुर कोइरालाको अध्यक्षता, उपाध्यक्ष बिनिराम पौडेलको स्वागत र सचीव दुर्गा प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया