

कपिलवस्तुका ४ बिद्यार्थी संगठनले बुझाए सिद्धार्थ क्याम्पसमा ध्यानाकर्षण पत्र



रिसव आचार्य, कपिलवस्तु । कपिलवस्तुका चार क्रियाशिल विद्यार्थी संगठनले ६ बुँदे मागसहित सिद्धार्थ क्याम्पसलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार क्याम्पस प्रमुख खेमराज शर्मा समक्ष ४ विद्यार्थी संगठनले एक हप्ते अल्टिमेटम दिएर ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल छैठौंका जिल्ला अध्यक्षद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा कोरोना भाइरस अविधिभर अनलाइनको बाहनामा अनावश्यक रुपमा लिने गरेको चर्को शूल्क तत्काल फिर्ता, क्याम्पसबाट प्रशासनले प्रध्यापक, उप प्रध्यापक नियुक्ती तथा स्थायी गर्दा योग्यता, क्षमताका आधारमा नभई दलगत आधारमा नियुक्त गर्दै आएको लगायतका एजेण्डा रहेका छन् ।
क्याम्पसबाट पाउने छात्रवृत्ती गरिब, जेहन्दार, घाइते अपाङ्गलाई वितरण नगरि आफ्नो अनुकुलतामा वितरण गरिएको पनि ज्ञापनपत्रमा जनाइएको छ ।
भर्ना, मासिक शुल्क लगायत विभिन्न बहानामा गरिदै आएको चर्को असुली कार्य तत्काल अन्त्यको माग पनि ज्ञापनपत्र मार्फत गरिएको छ ।
प्रस्तुत ज्ञापनपत्र क्याम्पसका विद्यार्थी समक्ष राखेर क्याम्पस प्रमुखलाई बुझाएको भन्दै एक हप्ता भित्र माग सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष दिपक अनुरागीले जानकारी दिनुभयो ।
विद्यार्थीका माग समय सापेक्ष भएकाले तत्काल सुनुवाई गर्न क्याम्पस प्रशासन समक्ष अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष हरिशचन्द्र खनालले बताउनुभयो ।
ज्ञापनपत्र बुझाउन अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष हरिशचन्द्र खनाल, अनेरास्ववियूका अध्यक्ष दिपक अनुरागी, अखिल (क्रान्तिकारी)का अध्यक्ष विज्ञान क्षेत्री, अखिल (छैठौं)का अध्यक्ष सन्जिला बुढामगर, अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला सचिव पुष्कर भुसाल, अनेरास्ववियूका जिल्ला कोषाध्यक्ष कमल बेल्वासे लगायतको उपस्थिति रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया