एमालेको वडा अधिवेशन : कपिलवस्तुमा नेतृत्व चयनको प्रक्रिया जारी

कपिलवस्तु ।

नेकपा एमालेको आज देखि जारी १० औँ महाधिवेशन अन्तगरत देशका अधिकाशं वडाहरुमा वडा अधिवेसन भएको छ । पार्टी अध्यक्ष केपी ओलीले भर्चूअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गरे सगैँ कपिवस्तुका दशवटै स्थानीय तहहरुमा पनि अधिवेशन कार्यक्रम प्रारम्भ भएको छ ।

कपिलवस्तु जिल्लाका सबै स्थानिय तहमा नेकपा एमालेको वडा अधिवेशन सुरु भए सँगै आगामी कार्यकालका लागी नेकपा एमाले कपिलवस्तुले पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । ६ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको कपिलवस्तुका सबै ९६ वटै वडामा शनिवार बाट वडा अधिवेशन सुरु भएको नेकपा एमाले कपिलवस्तु प्रचार प्रसार समितिले जानएको छ ।

सोही अनुसार यता बाणगंगाका ११ वटा वडामा जारी अधिवेशनबाट एमालेको नयाँ वडा नेतृत्वको टुङ्गो लगाउँदै छ । अहिले सम्म प्राप्त जानकारी अनुसार एमालेको वडा अधिवेशनमा कपिलवस्तुका अधिकाशं वडाहरुमा अधिवेशन सकिएको छ भने केही वडाहरुमा नेतृत्व चयनका लागि कसरत जारी छ । जिल्ला अध्यक्ष झविलाल पोख्रेलले दिनुभएको जानकारी अनुसार कपिलवस्तुको बाणगंगामा सर्वसहमत रुपमा धेरै वडाहरुमा नेतृत्व चयन भएको छ । यस्तै बुद्धभुमि र शिवराजका पनि धेरै वडाको अधिवेशन सकिएको छ ।

अधिवेशन सुरुभएको नेकपा एमले बाणगंगा नगर कमिटिले जनाएको छ । बाणगंगाको आजको वडा अधिवेशनले आउँदो ९ गते हुने नगर अधिवेशनको लागि प्रतिनिधि पनि चयन गर्ने छ । देशभरका करिब ६ हजार सात सय ४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन सुरु भएको हो ।

कात्तिक ९ गते हुने नगर अधिवेशनका लागि आज वडा अधिवेशन मार्फत प्रतिनिधी चयन हुने ब्यवस्था अनुसार एमालेको वडा अभिवेशन भएको नेता डम्मर शर्माले जानकारी दिनु भयो । नेता शर्माका अनुसार नगर अधिवेशनका निम्ति १० जना महिला पार्टी सदस्य बराबर १ जना प्रतिनिधी चयन हुने छन भने १५ जना पुरुष पार्टी सदस्य बराबर १ जना नगर प्रतिनिधी चयन हुने ब्यवस्था रहेको नेकपा एमालेले यसपटकको अधिवेशनमा गरेको छ । वडा अधिवेशनको हकमा भने सबै पार्टी सदस्य स्वतहः प्रतिनिधी रहने ब्यवस्था रहेको छ ।

प्रतिक्रिया

खबर सबै