

कपिलवस्तुमा असोज महिनामा ४४ अपराधका घटना दर्ता



कपिलवस्तु
प्रहरी कारबाहीबाट ३ करोड राजस्व संकलन
कपिलवस्तुमा असोज महिनामा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा ४४ वटा अपराधका घटना दर्ता भएका छन् । २१ वटा मुद्दाका आरोपीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान पुरा गरेको छ । २३ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले बताएका छन् ।
असोजमा कपिलवस्तु प्रहरीले पेन्डिङमा रहेका पुराना ३९ वटा मुद्दा फर्स्योट गरेको छ । प्रहरीको सक्रियताका कारण कपिलवस्तुमा असोजमा ३ करोड १ लाख राजस्व संकलन गरिएको छ । प्रहरीले भदौ महिनामा ८० लाख राजस्व संकलन गरेको थियो । चोरी तस्करी नियन्त्रण गर्न कार्ययोजना बनाएर कपिलवस्तु प्रहरीले अपरेशन सञ्चालन गरेको बताइएको छ । गत वर्ष असोजमा कपिलवस्तु प्रहरीले ६६ लाख ६८ हजार राजस्व संकलन गरेका थियो ।
असोजमा ४८ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये २० वर्षदेखि फरार रहेका ३ जनालाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार लागुऔषध खैरो हेरोइन कारोबार गर्ने ३ जनालाई असोज महिनामा पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय पिपराको टोलीले असोज ६ मा झापा घर भएका सलिम थापामगर र मोरङ घर भएका विनोद लामालाई १३ दशमलव ९३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पकडीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले असोज २२ मा शुद्धोधन गाउँपालिका घर भएका नियाज महमद मुसलमानलाई ११ दशमलव ५ सय ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । असोज महिनामा कपिलवस्तु प्रहरीले अपराधमा संलग्न ३९ जना आरोपीलाई पक्राउ गरेको थियो । ८ जना फरार भएको र उनीहरुको खोजी भइरहेको डिएसपी भण्डारीले बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया