

एमाले बाणगंगाद्धारा अधिवेशनका लागि निर्वाचन समितिलाई जिम्मेवारी प्रदान



कपिलवस्तु।
नेकपा एमाले कपिलवस्तु अन्तगत बाणगंगामा कात्तिक ६ गते हुन लागेको वडा अधिवेशन र कात्तिक ९ गते हुने नगर अधिवेशनका लागि सोमबार छलफल भएको छ । अधिवेशन केन्द्रित नेकपा (एमाले) बाणगंगा नगर कमिटीको वैठकले वडा तथा नगर अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन मण्डल तथा निर्वाचन समितिको जिम्मेवारी प्रदान गरेको जनाएको छ ।
कात्तिक ९ गते हुने नगर अधिवेशनका लागि कात्तिक ६ गते नै वडा अधिवेशन मार्फत प्रतिनिधी चयन हुने ब्यवस्था गरिएको एमाले नेता डम्मर शर्माले जानकारी दिनुभयो । नेता शर्माका अनुसार नगर अधिवेशनका निम्ति १० जना महिला पार्टी सदस्य बराबर १ जना प्रतिनिधी चयन हुने र १५ जना पुरुष पार्टी सदस्य बराबर १ जना नगर प्रतिनिधी चयन हुने ब्यवस्था रहेको बताइएको छ । वडा अधिवेशनको हकमा भने सबै पार्टी सदस्य स्वत प्रतिनिधी रहने ब्यवस्था रहेको बताइएको छ । हाल नगरकमिटिमा रहेका सदस्यहरु पनि सबै स्वतह नगरअधिवशेनको प्रतिनिधि हुन् पाउने पार्टीले व्यवस्था मिलाएको नेकपा एमाले बाणगंगा नगर सचिव विष्णु गिरीले जानकारी दिनुभयो ।
वैठकले वडा अधिवेशनको तयारीका निम्ति कात्तिक ३ गते सबै वडा तहका वैठकहरु सम्पन्न गर्ने नगर अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनु भयो । प्रतिनिधी चयनमा सबै जात, जाती समावेश हुनुपर्ने ब्यवस्था रहेको बताइएको छ ।
एमाले बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न वैठकमा केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यौपाने, एमालेका केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, लुम्बिनी प्रदेशका कार्यालय सचिव तथा संविधान सभा सदस्य बलराम अधिकारी, एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल, एमाले लुम्बिनी प्रदेश सदस्य डम्मर शर्माले मन्तब्य राख्दै कार्यकर्ताको भावना अनुरुप नेतृत्व चयन हुने धारणा राख्नु भयो । वैठकमा एमाले निर्वाचन क्षेत्र नं. १ को संयोजकमा बाबुराम आचार्य, नगर इन्चार्ज चक्रपाणी अर्याल लगायत, विमल शारु, विश्व कार्की,लगाएतको आतिथ्यता रहेको बैठक नेकपा एमाले बाणगंगा नगर सचिव विष्णु गिरीको संचालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया